Widgets

Home » » चट्याङको प्रकोप र जोगिने उपाय

चट्याङको प्रकोप र जोगिने उपाय

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपालमा पछिल्लो दुइ महिनामा चट्याङबाट झण्डै ६० जनाले ज्यान गुमाइसकेका छन् । पि्र मनसुनको यो हताहतीलाई हेर्दा यो वर्ष वर्षायामको समाप्तीसम्ममा चट्याङका कारण ज्यान गुमाउनेका संख्या निकै बढि हुने सहजै अनुमान गर्न सकिन्छ । पोहोर साल नेपालमा चट्याङबाट १ सय ३१ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ । २०६७ सालमा चट्याङमा परी ८० जनाले ज्यान गुमाएको, ०६८ सालमा त्यो संख्या १०३ पुगेको र गतवर्ष १३१ जनामा उक्लिएको तथ्यांकले पनि नेपालमा वर्षेनी चट्याङको प्रकोपमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको देखाउँछ । आकस्मिक र भयंकर प्राकृतिक प्रकोपको रुपमा लिइने चट्याङबाट बाट विश्वमा प्रतिवर्ष हजारौँको ज्यान जाने गरेको तथ्यांकले पनि यसको भयानकता पुष्टि गर्छ । विश्वमा प्रत्येक दिन ४५ हजार पटक सानाठूला चट्याङ पर्ने गरेका विज्ञहरु बताउँछन् ।
massive-thunderstorm-wallpaper
खासगरी फागुन देखि वषर्ायाम नसकिँदासम्मको समय नेपालमा चट्याङको लागि निकै जोखिमपूर्ण समय हो । मनसुन सकिएपछिको कात्तिक मंसिरको समयमा पनि चट्याङको प्रकोप बढि रहनेगर्छ । अझ निकै गर्मी हुने र पानीको बढि वाष्पिकरण भएर जलवाष्पयुक्त वादल भन्ने कन्भेक्सन प्रक्रियाका कारण फागुन देखि वैशाख सम्मको समय चट्याङ बढि पर्ने गर्छ ।
चट्याङ के हो ?
चट्याङ भनेको एक प्रकारको विद्युतिय चार्ज हो । वास्तवमा वायुमण्डलको सबैभन्दा तल्लो तह ट्रोपोस्फेयरमा धनात्मक र ऋणात्मक चार्ज भएका बादलहरुबीचको घर्षण , उनीहरुबीचको विकर्षण र खण्डीकरणका कारण ठूलो शक्ति उत्पन्न हुन्छ । जसबाट ताप , प्रकाश र ध्वनी वा गर्जन एकैसाथ निस्किन्छ । त्यसलाई हामी विजुली चम्किएको , गर्जिएको वा चट्याङ परेको भनेर बुझ्छौँ । यसरी विपरित चार्ज भएका वादलहरुबीचको प्रतिक्रिया वा घर्षणबाट हजारौँ डिग्री सेल्सियस सम्म ताप उत्पन्न हुन्छ । सामान्य चट्याङको विद्युत शक्ति समेत एक अर्व भोल्ट सम्मको हुन्छ । विजुली चम्किँदा उत्पन्न हुने तापिय शक्ति सूर्यको सतहको तापक्रम भन्दा ५ गुणा बढि हुन्छ । त्यो ठूलो तापीय र विद्युत शक्तिको केही हिस्सा पृथ्वीसम्म आइपुग्यो भने पनि त्यसले ठूलो क्षति पुराउँछ जसलाई हामी चट्याङ भन्छौँ । वास्तवमा क्युमुलोनिम्बस नामको जलवाष्पयुक्त वादल नै चट्याङको मुख्य कारण हो । यसमा प्रसस्त मात्रामा विपरित विद्युतिय ध्रुवको निर्माणमा भने हावाहुरी , सौर्य विकिरण , जलचक्रको प्रकृया , आद्रता जस्ता प्रकृयाले सहयोग पुराउँछन् । वाष्पिकरण कारण जब उष्ण र आद्र हावा जोडसाथ माथि जान्छ त्यो सेलाउँदै जान्छ र क्युमुलोनिम्बस बादल बन्छ ।
जे होस् चट्याङ भनेको बादल बाट निस्कने उर्जाको उपज हो र वायुमण्डलमा देखिने विजुलीको धार हो । चट्याङको बेला फलाम , मुसल वा त्यस्तै कुनै पदार्थ आकाशबाट र्झछ भन्ने परम्परागत सोचाइ गाउँसमाजमा छ । तर त्यस्तो होइन । चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभइ ठूलो परिमाणको विद्युत र तापशक्ति पृथ्वीमा आउँछ जसले आफ्नो सामुन्नेको जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्छ । सामान्यतया हावाहुरी , घना वषर्ा वा हिमपात सँगै चट्याङ पर्नेगर्छ तरपनि कहिलेकाहीँ वषर्ा पूर्वको समयमा वा वर्षा नभैकन पनि चट्याङ पर्नेगर्छ ।
चट्याङका असर :
क्युमुलोनिम्बस बादमा हुने थन्डरस्ट्रोम प्रक्रियाको उपज हो चट्याङ । चट्याङ सँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक वस्तुहरुमा क्षति पुग्ने त छँदैछ थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असरहरु पनि छन् । ठूलो आवाजको गड्याङ गुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वषर्ा हुने गरेको पनि सबैले अनुभव गरेको कुरा हो । क्युमुलोनिम्बस बादलमा हुने थन्डरस्ट्रोम प्रकृयाले ठूलो हावाहुरी , आँधीवेहेरी , असिनापात , तथा टोर्नाडो , साइक्लोन जस्ता विनाशकारी आँधी समेत ल्याउने गर्छ । भुमध्यरेखिय क्षेत्रहरु तथा समुद्रकेा नजिक पर्ने क्षेत्रहरुमा चट्याङ सँगै यस्ता प्राकृतिक विपत्तिहरु आउने गर्छन् । त्यस्तै निकै ठूलो वर्षा (क्लाउड ब्रस्ट) का कारण बाढि , पहिरो जस्ता विपद पनि यही वायुमण्डलीय उर्जाका परिणति हुन् ।
चट्याङका फाइदा :
आकाश गर्जने , विजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया हानीकारक मात्र होइन फाइदाजनक पनि हुन्छ । पर्यावरणीय सन्तुलनको लागि चट्याङ पर्ने बेलामा उत्पन्न हुने तापिय उर्जा निकै महत्वपूर्ण हुन्छ । आकाशमा विपरित चार्ज भएका बादलहरुबीचको घर्षण ले जुन ठूलो मात्राको तापिय उर्जा उत्पन्न गर्छ त्यसले गराउने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने पदार्थ वनस्पतीहरुका लागि फाइदाजनक हुन्छ । वायुमण्डमा ग्यासको रुपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतीले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रुपमा बदल्ने काम त्यही तापिय उर्जाले गर्छन । विजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्यास सँग मिलेर नाइट्रेट बन्दछ जुन पदार्थ वर्षासँगै पृथ्वीमा आउँछ माटोमा मिल्दछ जसलाई विरुवाले मलको रुपमा लिन्छन् । त्यसकारण पनि गड्याङ गुडुङ सहित परेको पानी मलिलो हुन्छ भनेर बुढापाकाले भन्ने गर्छन् । गड्याङगुडुङ सहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ त्यसैले बालीनाली वा बोटविरुवाका लागि यो निकै फाइदाजनक हुन्छ । त्यसकारण हाम्रा भौतिक संरचना वा जनधनको विनाश गर्ने रुपमा आएको चट्याङ हाननीकारक भएपनि जुन प्रक्रियाद्धारा चट्याङ पर्छ त्यो बोटविरुवा , बालीनाली वा अन्ततः हाम्रै लागि निकै फाइदाजनक र अत्यावश्यक छ ।
चट्याङबाट कसरी बच्ने ?
थन्डरस्ट्रोम प्रक्रियाद्धारा विजुली चम्किने , चट्याङ पर्ने , गर्जन हुने , वर्षा , हुरी वा आँधीबेहेरी हुने लगायतका प्रकोपहरु सिर्जना हुन्छन् । चट्याङ सबैभन्दा बढि भयानक प्रकोप मानिन्छ । हुनत चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युत उर्जा निकै छोटो समयसम्म मात्र रहन्छ । तरपनि ठूलो परिमाणको उर्जा हुने भएकाले यो प्रलयकारी हुन्छ । चट्याङबाट मानिस , जिवजन्तुको मृत्यु हुने , हरिया रुखहरु समेत मर्ने समेत हुनसक्छ । भौतिक संरचनाहरुमा चट्याङ परेमा आगलागी हुने , विद्युत , टेलिफोन लगायतका पोल तथा स्टेशन समेत चट्याङको बढि जोखिममा हुन्छन् । चट्याङबाट बच्नको लागि :
· पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किने
· यस्तो बेला ठूला रुख , विजुलीका तार , पोल तथा ट्रान्समिटरको तर नबस्ने
· घर बाहिर भए कुनै सुरक्षित ठाउँ वा ओडारमा बस्ने
· विजुलीको राम्रोसँग अर्थिङ गर्ने
· भवन तथा अरु अग्ला संरचनामा चट्याङ पर्न नदिन त्यस्ता संरचनाको सबैभन्दा माथिल्लो भागमा धातुजन्य एन्टेना राखी त्यसमा तार जोडेर जमिनमा लगेर र गाड्नुपर्छ जसका कारण त्यस क्षेत्रमा चट्याङको बेला विद्युतिय चार्ज आएमा तार हुँदै पृथ्वी सम्म पुग्छ र क्षति गर्न पाउँदैन ।
चट्याङ एक प्राकृतिक प्रक्रियाको उपज हो । यसलाई रोक्न सकिन्न तर सावधानी अपनाउने हो भने यसले पुराउने क्षति केही मात्रामा रोक्न सकिन्छ । चट्याङ पर्दा वा आकाश गर्जिँदा डराउने , आत्तिने नगरी केही विपत्ति आइहालेमा कसरी जोगिने भन्नेबारेमा पुर्वतयारी गर्नुपर्छ । विजुली चम्किँदा वा आकाश गर्जिँदा कुनैपनि बेला चट्याङ पर्नसक्छ भनेर सचेत हुनुपर्छ ।
यद्यपि चट्याङ मात्र होइन सबै प्रकारका प्राकृतिक प्रकोपमा दृष्टिले नेपाल विश्वमै निकै जोखिम पूर्ण मूलुक मध्येमा पर्छ । भौगोलिक रुपमा जटिल तथा कमजोर भूबनोट र भौगर्भिक रुपमा पनि तिब्बती र भारतिय थालीको बीचमा पर्ने भएकाले नेपाल विभिन्न दैवी प्रकोपको चपेटामा परिरहन्छ । विश्वबैंकको तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपाल जलवायु परिवर्तन जन्य प्रकोपको दृष्टिले विश्वकै छैटौँ जोखिमपूर्ण मूलकमा पर्छ । त्यस्तै वषर्ाजन्य प्रकोपको दृष्टिले ३० औँ तथा भुकम्पिय जोखिमको दृष्टिले ११ औँ स्थानमा पर्छ । नेपालका ९० प्रतिशत मानिस कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा बाध्य छन् , जसले वर्षेनी कम्तिमा दुइवटा प्राकृतिक प्रकोपको सामना गर्नुपरिरहेकेा छ । त्यसकारण पनि हामी सबै प्रकारका प्राकृतिक प्रकोपको क्षति न्युनिकरण तथा विपद व्यवस्थापनमा पुर्वतयारी गर्नैपर्छ । कुलचन्द्र अर्याल

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger