भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भारतीय टेलिसुन्दरी श्वेता तिवारीले दोस्रो विवाह गर्ने घोषणा गरेकी छिन्। 'कसौटी जिन्दगीकी’ बाट लोकपि्रय भएकी श्वेताले आफ्ना प्रेमी अभिनेता अभिनव कोहलीसँग विवाह गर्ने घोषणा गरेकी हुन्। उनीहरू विगत डेढ वर्षदेखि एक-अर्कालाई प्रेम गरिरहेका छन्। टेलिभिजन रियालिटी शो 'झलक दिखला जा’ को सेटमा श्वेताले आफ्नो विवाहको घोषणा गर्ने क्रममा उनकी छोरी पलक पनि उनीसँगै थिइन्। आगामी महिना विवाह गर्ने घोषणा गरे पनि श्वेताले मिति भने तोकिसकेकी छैनन्। आफ्ना हजुरबुबाको स्वास्थ्य सन्तोषजनक नभएकाले विवाहको मिति तोक्न नसकेको श्वेताले बताएकी छिन्। श्वेताले केही वर्षअघि पूर्वश्रीमान् राजा चौधरीसँग सम्बन्ध-विच्छेद गरेकी थिइन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.