भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नयाँ दिल्ली, असार १७ - बद्री-केदार तिर्थयात्रामा गएर सम्पर्कहीन बनिरहेका धेरै नेपाली तिर्थालुहरु अझै पनि सम्पर्कबाट बाहिर छन् । बाढीपहिरोको बिपत्ती सुरु भएको १३ दिन भइसकेको र उत्तराखण्ड राज्य सरकारले औपचारिक रुपमा ५ हजारभन्दा बढीको यो घटनामा निधन भएको जनाइसकेको छ । उत्तराखण्ड विधानसभाका सभामुख जीएस कुन्जवालले आइतबार मात्रै बद्री-केदारको बिपत्तीमा परेर १० हजार तिर्थयात्रुको ज्यान गइसकेको बताएपछि उत्तराखण्ड क्षेत्रमा त्रासदीपूर्ण भिन्न माहोल फैलिएको छ । यो भनाइ आएलगत्तै आफन्त फर्केर आउने आशा गरेर बसिरहेका नेपाली निराश बन्दै घर फिर्ने क्रम बढेको छ । शनिबार मात्रै हवाइ उद्धारमा परेर फाटाबाट देहरादून स्थित जोलीग्रान्ट(हिमालय) अस्पतालमा ल्याइएका रुकुमका राजु रानाका अनुसार उनी गौरीकुण्डदेखि केदारनाथ जाँदाको बीचमा मुर्कट्या भीरमा आएको पहिरोमा फासेर पुरिएको अवस्थामा थिए । चौरजहारी, बिजेश्वरी-६ का बासिन्दा राना बद्री केदार क्षेत्रमा डोली बोक्ने काम गर्दै आएका थिए । उनका अनुसार आफूसागै डोली बोक्ने र भरियाको काम गर्ने बझाङ, सल्यान, दैलेख, रोल्पाका १५ जना त्यही भीरको पैरोमा बेपत्ता बनिरहेका छन् । 'मेरो आधा जिउ पहिरोमा थियो, अरुहरुले फाटासम्म लगेपछि मलाई भारतीय सेनाको बिमानले हवाइ उद्धार गरेर शनिबार यहाँ ल्याएको हो,'जोलिग्रान्ट हस्पिटलको बेडबाट रानाले कान्तिपुरसाग फोनमा भने । अस्पतालका सहयोगी चिकित्सक डा.अशोक अग्रवालका अनुसार राना स्पाइनल-कर्ड (ढाड खुस्किएको) को समस्याले ग्रस्त छन् । आइतबार अस्पतालमा रानालाई पुष्पराज पाण्डेय, सूर्यबिक्रम शाही, तारा चन्द रेउले, नारायण पन्थीसहितका स्थानीय सहयोगीहरु भेट्न गएका थिए । यसैगरी, आइतबार अपरान्ह बाजुराका ३५ बषिर्य भरतबहादुर बम पनि हवाइ उद्धारमा परेर जोलिग्रान्ट अस्पताल ल्याइएका छन् । बद्रीनाथनजिकै गोबिन्दघाटमा आएको पहिरोमा ढुङ्गाले लागेर खुट्टामा गहिरो चोट लागेपछि जोशीमठबाट हवाइ उद्धारमा परेर उनी देहरादुन आइपुगेका हुन् । 'म पनि भाइसागै थिए, तर मलाई भने केही चोट लागेन,'बिरामीका दाजु भीमबहादुरले कान्तिपुरसाग भने । यी नेपाली बिरामीको परीक्षण-निगरानी चिकित्सक डा.अशोक अग्रवालले गरिरहेका छन् । यसैगरी दिल्लीस्थित दुतावासका कार्यबाहक राजदुत तिर्थराज वाग्लेका अनुसार अझै पनि गुप्तकाशीमा झण्डै ५० जना नेपाली उद्धार पर्खेर बसिरहेका छन् । आफ्ना बुबा हराएकोमा खोजीमा गएका लक्ष्मी बुढासहितका ९ जना गुप्तकाशीमा उद्धार पर्खेर बसिरहेका छन् भने यसबाहेक ३२ जना पनि स्थानीय कामदार, डोलेहरु पनि बिचल्ली बेहोर्दै उद्धार पर्खिरहेका छन् । आइतबार दिउँसोदेखि उत्तराखण्ड क्षेत्रमा परेको अविरल बर्षाका कारण उद्धारको काम अवरुद्ध रहेको अरिद्धारस्थित सहयोगी पुष्पराज पाण्डेयले बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.