भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निर्माता संघले लामो समयसम्म बार्ता मार्फत समाधान खोजेपनि नमिलेपछि नायिका रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठबिचको लफडा प्रहरीसम्म पुगेको छ । जिल्ला प्रहरी कार्यलय जावलाखेलका नाउमा निर्माता संघका अध्यक्ष राजकुमार राइले सहयोगका लागि आग्रह गर्दै दोषीलाई कारवाही गर्न भन्दै वुधबार पत्र पठाएका थिए । निर्माता संघका अध्यक्ष राजकुमार राइले आफूहरुले बारम्बार मिलाउन खोज्दा पनि नमिलेपछि जावलाखेल प्रहरी प्रभागलाई सहयोगका लागि पत्र काटेको बताए । रेजिना विरुद्ध अहिले जिल्ला प्रशासन कार्यलय ललितपुर र जावलाखेल प्रहरी प्रभागमा उजुरी परेको छ । छानविन गरी कारबाही, घाटाको क्षतिपुर्ती र विदेश जानका लागि पासपोर्ट जफत गरी पाउँ भनी निर्मात्री कविता श्रेष्ठले उजुरी दिएकी हुन् । उनले गृहमन्त्रलायमा भने भोली उजुरी दिने बताएकी छिन् । रेजिनालाई प्रहरीले आइतबारसम्म पक्राउ गर्ने कविताको भनाई छ । ‘के गर्नु जति कुरे पनि नमानेपछि उजुरी दिनै पर्यो नी’, कविताले अनलाइनखबरसँग भनिन् । यता नायिका रेजिना उप्रेतीले भने शुक्रबार कविता विरुद्ध मानहानीको मुद्दा हाल्ने बताएकी छिन् । ‘निर्माता संघमा बार्ता हुने कुरा छ, शुक्रबार छलफल हुने थाहा पाएको छु’, उजुरीको बारेमा आफूलाई केही थाहा नभएको रेजिनाले अनलाइनखबरलाई बताएकी छिन् । अन्तत रेजिना र कविताको लफडा प्रशासनसम्म पुगेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.