Widgets

Home » » बैद्यका दोस्रा सम्धी पनि एमाओवादी नै

बैद्यका दोस्रा सम्धी पनि एमाओवादी नै

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१६ असार, काठमाण्डौं । दुई नेता निकै हतारमा थिए । दुलहीका बुबा बैठकको तयारीमा थिए भने दुलाहाका बुबा बैठक जाने तयारीमा । एउटालाई शनिबारदेखि सुरु हुने बैठकको तयारी गर्न पोखरा जाने हतार, अर्कोलाई पार्टी जिम्मेवारी बाँडफाँट के होला भनेर पेरिसडाँडा पुग्ने चटारो । तर यही चटारोबीच दुबैले शनिबार बिहान २ घन्टामै आफ्ना सन्तानको बिहे सम्पन्न गराए ।
Baidhyaअसार १५ मा किसानलाई रोपाइँमा जानेजस्तै शनिबार हतारमा रहेका दुई सम्धी थिए नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य र एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य केशव नेपाल । बैद्य पोखरा जाने तयारीमा थिए भने नेपाल पेरिसडाँडा पुग्ने । तर हतार हतार नेपालका एक्ला छोरा अनज र वैद्यकी कान्छी पुत्री सृजनाबीच शुक्रबार बिहे गाँठो कसियो ।
‘बुधबार बिहेको कुरा छिनियो । बिहीबार काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्ायरजका लागि निवदेन दिए,’ एक जन्तीले भने, ‘शुक्रबार दुवै नेतालाई बैठकको हतारो थियो । बिहे बिहानै सक्ने निर्णय भएको हो ।’ बैद्यले दुई पार्टीको वैचारिक कारणले सम्धी नेपाललाई बिहे आफ्नो घरमा नगर्ने कि भनेर जिज्ञासा राखेपछि नेपालले कोर्टबाटै घर लैजाने जवाफ दिएको नागरिक दैनिकमा खबर छ ।
बैद्यको घरबाट एकाएक बैठकमा हिँड्न हतार छ, बिहे बिहानै सक्ने कि ? भनेर नेपाल परिवारलाई फोन गएपछि दुई घन्टामा बिहे सकाइएको थियो । इन्जिनियरिङ पढिरहेका अनुज एकीकृत माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्इ हुन् । २०६३ सालमा अनुज बुबासँगै माओवादीमा प्रवेश गरेका थिए । सृजना स्नात्तककोत्तर गरिरहेकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger