Widgets

Home » » महिलाको कम्मरमा चरेसको भारी

महिलाको कम्मरमा चरेसको भारी

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


गाउँका महिलाहरु लागू औषध चरेस बोक्ने भरियाका रुपमा प्रयोग हुन थालेका छन्। गाउँका कामकाजी गृहणी जस्ता देखिने तीन महिलासहित चितवन प्रहरीले शनिबार पाँच जनालाई पक्राउ गरेपछि चरेस तस्करीमा गाउँले महिलाको प्रयोगको खुलासा भएको हो। उनीहरुको साथबाट २६ किलो चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ। एक किलो चरेसको बजार मुल्य ३० हजार रुपैयाँसम्म पर्छ। प्रहरीले नारायणगढ पुलचोकको सौगात होटलको कोठा नं. ११ मा बसेका पाँचजनालाई समाएको हो। 'महिलाले कम्मरमा बाँध्ने पटुकाजस्तो थौलो बनाएर त्यस भित्र चरेसको पोको राख्न थालेका रहेछन्। ५२ पोका चरेस १७ पोकाको दरले बोक्ने तयारी हुँदा हामी होटलमा पुगेका थियौं,' वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजित महराले भने। जिल्ला प्रहरी कार्यालयले शनिबार पत्रकार सम्मेलन गरी बरामद चरेस र पक्राउ परेका पाँचजनालाई सार्वजनिक गर्योल। पक्राउ पर्नेमा बारा जिल्ला सिमरा वडा नं. ६ बस्ने सेख मोजाहिर र उनकी श्रीमती सुनैना खातुन, बारा जितपुरकी सुलेमा खातुन र भारत सुगौली घर भइ विरगञ्ज रानीघाट बस्ने शिवशंकर दास र उनकी श्रीमती शिला दास पटेहरा रहेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अरुण पौडेलका अनुसार पक्राउ परेकाहरुले आधा किलोका १७ वटा प्याकेट बनाएर तीनजना महिलाको कम्मरमा बाँध्ने तयारी गरेका थिए। प्रहरीले पटुका जस्तो लामो तीन थान कपडा र पटुका बाँध्न प्रयोग हुने १५ मिटर डोरी पनि चरेससँगै बरामद गरेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger