Widgets

Home » » मृगौला बेच्ने जालोमा परिवारै

मृगौला बेच्ने जालोमा परिवारै

Written By sangalo on Sunday, May 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Kidney

तस्करको आर्थिक प्रलोभनमा परी होक्से २ का कृष्ण ठकुरी भारतमा पुगी एउटा मृगौला बेचे । पैसाले केही मिठो खाए र राम्रा लुगा किने । घर मर्मत सम्भारको काम पनि सिध्याए । तर फेरि उनलाई पैसा अभाव भयो । त्यसपछि ठकुरीका छोरा राम, श्याम, छोरी मुना, शान्ता र ज्वाइँ अशोकलगायतले पालैपालो मृगौला बेचे । ठकुरीको परिवारमा ७ जनाले मृगौला बेचिसकेका छन् । २०५९ सालमा मृगौला बेचेका उनको २०६४ सालमा मृत्यु भएको थियो । उनको मृत्यु हुनु अगावै परिवारका अधिकांशले मृगौला बेचिसकेका थिए । होक्से १ का कृष्ण बजगाईंले मृगौला बेचेर आए । त्यसपछि उनका भाइ उलक, बुहारी माकुरी, छोरा उद्धवले पनि त्यस्तै गरे । यतिमात्र भए त हुन्थ्यो, कृष्णका साइलो भाइ प्रेमले स्थानीय तस्करको भूमिका समेत निभाए । प्रहरीले महिनाअघि प्रेमलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । यसैगरी वेदबहादुर बुढाथोकी, भीमबहादुर तामाङ, हीराकाजी श्रेष्ठ, हरिबोल धिताल लगायतका परिवारका अधिकांश सदस्यले मृगौला बेचिसके । यी त केही उदाहरण मात्रै हुन् । तस्करले देखाएको पैसाको प्रलोभनमा परेर मृगौला बेच्नेमा अधिकांश परिवार/परिवारकै सदस्यहरू रहेका छन् । परिवारले एक सदस्यले मृगौला बेचेर आइसकेपछि त्यसकै सहयोगमा परिवारका अन्य सदस्यले बेच्ने गरेको पाइएको छ । 'मृगौला बेच्नेमा परिवारकै जालो छ,' मृगौला तस्करीविरुद्धका अभियानकर्ता बद्री ढुङ्गानाले कान्तिपुरसँग तथ्यांक देखाउँदै भने, 'एकले बेचेर आएपछि उसैले परिवारका अन्य सदस्यलाई बेच्न उक्साएको देखिन्छ ।' मृगौला बेचेर आउनेहरू नै स्थानीय तस्करको भूमिका निर्वाह गर्दै गाउँबाट बेच्ने व्यक्ति खोज्दै राजधानी लैजाने गरेका थिए, त्यो क्रम गोप्य रूपमा अझै जारी छ । हालसम्म १ सय ३ जनाले मृगौला बेचिसकेका छन् । त्यसमध्ये अधिकांश होक्सेका छन् । २९ घरका अधिकांश सदस्यले मृगौला बेचिसकेका हुन् । गरिबीकै कारण प्रलोभनमा परेर सोझा गाउँलेले मृगौला बिक्री गरेका थिए । तर पनि उनीहरूको जीवन स्तरमा सुधार आउन सकेन । शरीरको अंग गुमाएको पीरले स्वास्थ्य बिगि्रंदै गएको छ । समाजबाट अपहेलना सहनुपर्ने अर्को डरले उनीहरूलाई पिरोलेको छ । 'परिवारका ७ जनाले मृगौला बेचेका छौं,' रामले भने, 'तस्करले देखाएको प्रलोभनमा परेर पैसा कमाउन बेचेका हांै ।' मृगौला बेच्नुभन्दा अगाडि उनले ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाइरहेका थिए । मृगौला बेचेको केही महिनापछि उनको स्वास्थ्यमा धेरै समस्या आइआएको छ । पैसाकै लागि लहलहैमा लागेर मृगौला बेचेको पश्चाताप पनि उनलाई भइरहेको छ । 'मृगौला बेचेपछि आजभोलि भारी बोक्न हुँदैन, एकदमै दुख्छ,' उनले भने, 'धपेडी गरेर काम गर्न सक्दिन । बेकार बेचिएछ ।' केही वर्षअघिसम्म मृर्गौला बिक्री गरेकाहरू धेरैमा वास्तविकता खुल्ने डर हुन्थ्यो । कुराकानी गर्नुभन्दा टाढै रहन मन पराउँथे । हाल उनीहरू नै मृगौला बेचेको वास्तविकता सुनाउन अगाडि बढ्छन् । ज्ाो तस्करीविरुद्ध लडिरहे होक्सेमा मृगौला तस्कर हुन्छ भनेर सार्वजनिक गर्ने एक्लो व्यक्ति हुन्, होक्से ४ का ५२ वषर्ीय बद्री ढुंगाना । भीमेश्वर माविका शिक्षकसमेत रहेका उनले गाउँमा भइरहेका मृगौला तस्करीको रहस्य सार्वजनिक गरिदिएका थिए । १२ वर्षदेखि उनी मृगौला तस्करीविरुद्ध लड्दै आएका छन् । उनकै प्रयासले मृगौला तस्करी हुन थालेको २० वर्षपछि प्रहरीले १० जनालाई पक्राउ गरी कारबाही चलाउन सक्यो । 'म २०५८ सालदेखि मृगौला तस्करीका विरुद्धमा आवाज उठाउन थालेको हुँ । त्यस बेला ४/५ जना मात्रै मृगौला बेच्ने भनेर चिनिएका थिए,' उनले भने, 'मैले आवाज उठाउन थालेपछि मलाई स्थानीय तस्करसहित बेच्नेले हातपात गरी धम्काए पनि । तर म कहिल्यै डराइन । आफ्नो अभियानमा निरन्तर लागिरहे ।' उनीविरुद्धमा लाग्दै गर्दा गाउँमा मृगौला तस्करी बढ्न थालेपछि उनले मिडियाको सहारा लिए । 'एक्लै लागेर मात्रै हँुदैन भनेर मैले मिडियालाई साथमा लिएँ,' उनले भने, 'सबैको सहयोगमा १० जना तस्करलाई प्रहरीले समातेको छ ।' प्रहरीले अझै पुराना तस्करलाई पक्राउ गर्न नसकेका उनले बताए । - See more at: http://www.ekantipur.com/np/2070/2/12/full-story/368780.html#sthash.kyb5ByUk.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger