Widgets

Home » » बुद्धबारेको भ्रम हटाउन जुटे प्रवासी

बुद्धबारेको भ्रम हटाउन जुटे प्रवासी

Written By sangalo on Sunday, May 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Buddha

हङकङ, जेष्ठ १३ - 'बुद्ध वाज वर्न इन नेपाल (बुद्ध नेपालमा जन्मिएका हुन्) सामाजिक संजालहरूमा जालोझै फैलिएको यो सन्देशले पछिल्लोसमय सडक पेटी नै छोपिने गरी पनि देखिन थालेका छन् । बुद्धको वास्तविक जन्मथलोबारे अन्तर्राष्ट्रिय जगत्मा धेरैलाई भ्रम रहेको नौलो कुरा रहेन । तर यसबारे सत्यता उजागर गर्न विश्वभरका प्रवासी नेपालीले स्वतःस्फुर्त सक्रियता देखाइरहेका छन् । बुद्धको जन्मथलोबारे गलत प्रचार बढेपछि विश्वभरका नेपालीबीच यस्तो लहर चलेको अगुवाहरूको बुझाइ छ । सुरुमा सामाजिक संजालको सहयोग लिएका नेपालीले पछिल्लोसमय बुद्ध जयन्तीलगायतका सार्वजनिक भेलालाई पनि भ्रम हटाउने अवसरका रूपमा प्रयोग गर्न थालेका छन् । यस्ता गतिविधिले वास्तविकता प्रस्ट्याउन सहयोग पुगेसँगै प्रवासमा एकताको गतिलो सन्देशसमेत दिँदै गएको छ । अमेरिकामा बसोबास गर्ने रवि लामिछानेले हालै 'बुद्ध नेपालमा जन्मेका हुन्' भन्नेबारे ६२ घन्टा लामो अन्तर्वार्ता सञ्चालन गरेर 'गिनिज बुक अफ वल्र्ड रेकर्डस्' मा कीर्तिमान नै राखे । बुद्ध पूणिर्माका अवसरमा शनिबार विभिन्न मुलुकमा शान्ति पदयात्रालगायतका कार्यक्रम आयोजना गरिएका छन् । यस्ता पदयात्रामा 'बुद्ध नेपालमा जन्मिएका हुन्' भन्ने सन्देश लेखिएका ब्यानर र प्लेकार्ड अनिवार्य जस्तै थिए । चिनियाँ भूमि हङकङमा आइतबार आयोजित र्‍यालीमा समेत यसले निरन्तरता पायो । 'बुद्ध जन्मथलोबारेको भ्रम हटाउन सहयोग पुगोस् भनेर तीन वर्षदेखि हामीले शान्ति पदयात्रा थालेका हौं,' आयोजकमध्येको एक संस्था नमो बुद्ध आमा समूहकी उपाध्यक्ष टीकादेवी गुरुङले भनिन्, 'अन्य मुलुकमा बस्नेले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।' प्रवासी नेपालीले स्थानीयसँग मिलेर यो अभियान अघि बढाउनसके अन्तर्राष्ट्रिय जगत्मा बुद्धबारे भ्रम हटाउन निकै फलदायी हुने बेइजिङस्थित नेपाली दूतावासका काउन्सिलर रामप्रसाद सुवेदीको भनाइ थियो । 'जनस्तरबाटै यस्तो प्रयास थालिनु निकै सकारात्मक हो,' उनले भने, 'यो मुलुकको दर्शन, पर्यटन र पहिचानसँग समेत गाँसिएको कुरा हो ।' बुद्ध पूणिर्माकै दिन दूतावासले बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी, चीन बुद्धिस्ट एसोसियसनका भिक्षुलगायतका सहभागितामा एक कार्यक्रम गरेको बतायो । सांघाई युनिभर्सिटीले केही वर्षअघि गरेको एक अध्ययनमा चीनमा बौद्ध धर्मावलम्बी र यसप्रति आस्थावानको संख्या दस करोड बढी रहेको उल्लेख छ । तर यसमध्येका थोरै मात्र बुद्धको वास्तविक जन्मथलोबारे जानकार छन् । गलत बुझाइकै कारण नेपालले चिनियाँ धार्मिक पर्यटकहरूको ठूलो संख्या गुमाउनु परेको छ । चीनका अधिकांश प्रान्तहरूका भ्रमणपछि नेपालका लागि पूर्वराजदूत टंक कार्कीले केही अघि कान्तिपुरलाई यस्तो अनुभव सुनाएका थिए । हङकङका अधिकांश सभा समारोहमा चिनियाँ र अंगे्रजी भाषामा 'बुद्ध नेपालमा जन्मेका हुन्' लेखिएको ब्यानरसहित उपस्थित हुन्छन् संगीतकर्मी हरि श्रेष्ठ । भेटेका करिब ९० प्रतिशतले बुद्धको जन्मथलोबारे गलत बताउने उनको अनुभव छ । 'यसैले पनि मैले दुई वर्षदेखि यसलाई अभियानकै रूपमा अघि बढाएको हुँ,' एक्लैले गरेर केही हुँदैन भनी चुप लागेर बस्न नहुने बताउँदै उनले भने, 'विश्वभरका सबैले आ-आफ्नो स्तरबाट सहयोग गरे बुद्धबारेको सही सन्देश पुर्‍याउन राम्रो सहयोग पुग्छ ।' विश्व शान्तिको नारासहित १७ किलोको बुद्ध मूर्ति बोकेर ६० देशको भ्रमणमा निस्किएका छन्, अर्का युवा सरोज अर्याल । फेबु्रअरी ८ मा लुम्बिनीबाट सुरु भएको उनको यात्रा थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र फिलिपिन्स हुँदै हङकङ आइपुगेको छ । हङकङको पदयात्रामा अर्यालले ल्याएको बुद्ध मूर्तिलाई समेत नगर परिक्रमा गराइएको थियो । 'विश्व शान्तिको नारा बोकेर यात्रामा निस्किएका हौं,' यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताउँदै अर्यालले भने, 'बुद्धबारे विश्वको ध्यानाकषिर्त गराउनु हाम्रो उद्देश्य हो ।' बुद्धबारेको भ्रम हटाउन सहयोग पुगोस् भन्ने उद्देश्यले नै गैरआवासीय नेपाली संघ -एनआरएन) ले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा बुद्ध प्रतिमा स्थापना गर्ने भएको छ । मुक्तिनाथमा समेत एनआरएनकै सहयोगमा प्रतिमा राख्न लागिएको एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङले बताए । बुद्धबारेको यथार्थता बुझाउने अभियानमा विश्वभरका नेपाली एकजुट हुनुपर्ने गुरुङको भनाइ थियो । मलेसियामा पनि रामचन्द्र गिरी क्वालालम्पुर- बुद्ध जयन्तीका अवसमा मलेसियामा रहेका नेपालीले 'बुद्ध नेपालमा जन्मेका हुन्' भन्ने सन्देश लेखिएका प्लेकार्ड, ब्यानरसहित शान्ति पदयात्रा गरे । प्रज्ज्वलित दीपसहित बुद्धको प्रतिमालाई गाडी (लरी) मा राखी १० किलोमिटर हिँडेर नगरपरिक्रमा गरिएको थियो । बुद्धको जन्मथलो लुम्बिनी नेपालमा भएको भन्ने सन्देशवाहक प्लेकार्ड र ब्यानरसहित नेपालीहरूले नगरपरिक्रमा गरेका हुन् । नेपालीले शुक्रबार बि्रकफिल्डस्थित महाविहारमा दीप प्रज्ज्वलन गरेको गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष भवानी शंकर तिवारीले बताए । कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बुद्ध नेपालमा जन्मिएको सन्देश फैलाउन कार्यक्रमले सहयोग पुर्‍याएको बताए । पदयात्रामा अन्य देशका व्यक्तिसहित करिब ५ सय नेपालीको सहभागिता थियो । पदयात्रा बि्रकफिल्डस्थित बौद्ध महाविहारदेखि सुरु भएको यात्रा पासार सेनी, पुडुराय, बुकित बिन्ताङ हुँदै पुनः महाविहारमै पुगेर समापन गरिएको थियो । - See more at: http://www.ekantipur.com/np/2070/2/13/full-story/368836.html#sthash.eBcX99v8.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger