भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुगु, जेष्ठ १३ - विद्यार्थी यार्सा टिप्न उच्च पाटनतिर गएपछि पूर्वी करान भेगका करिब २८ विद्यालय बन्द भएका छन् । माग्री, पुल, डोल्फ, रोवा, मुगुलगायत गाविसमा स्थापित २ उमावि, ६ निमावि र २० प्रावि तहका कक्षा ४ देखि माथिका सम्पूर्ण विद्यार्थी यार्सा टिप्न गएपछि विद्यालय सुनसान भएका छन् । जिल्ला बाहिरका शिक्षक सदरमुकामतिर आएका छन् भने स्थानीय अधिकांश शिक्षक विद्यार्थीसँगै यार्सा टिप्न पाटनतिर लागेका छन् । पाटनबाट विद्यार्थी नर्फकदासम्म विद्यालय बन्द हुने गर्छन् । छोटो समयमा बढी कमाइ हुने भएपछि विद्यार्थी यार्सा टिप्न जाँदा पूर्वी करान भेगका करिब २८ विद्यालयको पठनपाठन कार्य प्रभावित भएको विद्यालय स्रोत व्यक्ति विष्णुहरि ढुंगानाले बताए । करिब डेढ महिनाका लागि पूर्वी करान भेगका अभिभावकले पनि ८ वर्षभन्दा माथिका छोराछोरीलाई यार्सा टिप्न साथमा लैजाने गरेपछि पढाइ प्रभावित हुने गरेको ढंुगानाको भनाइ छ । यार्सा संकलन गरी एक विद्यार्थीले एक महिनाभित्रै ३० देखि ७० हजार कमाउने भएपछि अभिभावकले पनि पढाइभन्दा यार्सा टिप्न बढी प्राथमिकता दिने गरेको शिक्षकको भनाइ छ । यो वर्ष यार्साको मूल्य बढेको खबर सुनेपछि पूर्वी करान भेगभन्दा सदरमुकाम वरपरका अधिकांश विद्यार्थी पनि यार्सा टिप्न गएपछि पढाइ प्रभावित बनेको जिशिअ मानबहादुर घिमिरेको भनाइ छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.