भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक दशकदेखी नेपाली सांगितिक क्षेत्रमा क्रियाशिल गायक भुमीराज राईको चर्चा अहिले निक्कै चुलिएको छ । विगतमा सृष्ट्री, दसी , भेट भो माया नामक एल्वम वजारमा ल्याइसकेका भुमीको मोसन नामक एल्वम ६ महिना अघि बजारमा आएको छ । पहिलो एल्वब सृष्ट्री को ‘भयान्जङंको चौतारीमा गीत वाटै सूरुवातमा लोकप्रीय बनेका भुमीे दसी नामक एल्वमको रिमिक्स गित ‘गाजलुले आखै छोप्ने ’ गीतवाट राम्रो गायक को रुपमा आफ्नो परिचय नेपाली संगित क्षेत्रमा बनाएका थिए । त्यस पछि गत वर्ष मात्र उनले भेट भयो माया एल्वम वाट इमेज अवार्ड को उत्कृष्ट लोक गित संगित © पब्लिक च्वाइस अवार्ड थापेका थिए । आफ्नो पहिलो एल्वमबाटै श्रोता हरुको नजरमा पर्न सफल भुमी अहिले आफनो नया“ चौथँे एल्वम मोसन बाट नेपाली सांगितिक क्षेत्रमा छाएका छन् । पप आधुनिक रक शैलीका गीतहरु लाई समावेश गरेर तयार पारिएको उनको एल्वम को यो जुनिमा वोलको गीत ले राम्रै लोकप्रीयता कमाएको छ । गायिका मिलन अमात्यस“ग गाएको यो गीत भरखरै मात्रै दोस्रो म्युजिक खब© अवार्ड २०१३ मा सर्वोत्कृष्ट युगल गीत मा नोमिनेसनमा परेको थियो । चा“डै उत्त गीतको म्युजिक भिडियो समेत बनाउन लागेका भुमि को मोसन का अन्य गीतहरुले पनि राम्रेै चर्चा कमाएका छन् । एक दशकको लामो सांगितिक यात्रामा आफ्नो स्वरमा पनि धेरै नै निखार आएको महशुस गरेको वताउने भाग्यमानी गायक भुमीराज राईआफु संगीत क्षेत्रमा अझै पनि संघर्ष गरिरहेको वताउछन् । भविष्यमा सकेसम्म राम्रा गीतहरु श्रोता माझ ल्याइहने उनको भनाई छ । नेपाली गीत – संगितको विश्वव्यापीकरण को लागी हरतरहले लागी पर्ने लक्ष्य राखेका भुमिले अजम्बरी क्रिएसन नामक अडियो र भिडियो प्रोडक्सन कम्पनी समेत खोलेका छन् । उनले नेपाली संगितको प्रर्वद्धन तथा नेपाली गायक गायीकाहरुको विदेशमा कार्यक्रम गर्न एक्स –जी इन्रटेण्मेण्ट नामक कम्पनी समेत सञ्चालनमा ल्याएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.