Widgets

Home » » क्यास्परेस्कीले ल्यायो मोबाइल तथा ट्याबलेट सेक्युरिटी

क्यास्परेस्कीले ल्यायो मोबाइल तथा ट्याबलेट सेक्युरिटी

Written By sangalo on Sunday, May 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
 काठमाडौं । रसियन एन्टी भाईरस कम्पनी क्यास्परेस्कीले मोबाइल तथा ट्याबलेट सेकुरिटी नेपाली बजारमा बिक्री शुभारम्भ गरेको छ । क्यास्परेस्कीको नेपालका लागि आधिकारिक विक्रेता सागर सफ्टवेयर एण्ड ट्रेडर्सले आइतबारदेखि सेकुरिटीको बिक्री शुभारम्भ गरेको हो । बिक्री शुभारम्भको अवसरमा कम्पनीले ग्राहकहरुलाई ३० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । क्यास्परेस्की सेक्युरिटीले हराएका मोबाइल तथा ट्याबलेट पत्ता लगाउनुका साथै गोप्य फाइलहरु चोरी हुनबाट जोगाउने कम्पनीको दावी छ ।
vairasss
क्यास्परेस्की मोबाइल सेक्युरिटी
क्यास्परेस्की मोबाइल सेक्युरिटी सफ्टवेयर एन्ड्रोईड तथा विन्डोज मोबाइल, ब्ल्याकबेरी र सिम्बियन सिस्टममा आधारित स्मार्टफोनहरुका लागि निर्माण गरिएको कम्पनीले जनाएको छ । यसभित्रको उच्चस्तरीय फिचरले एसएमएस र इमेलमा भएका शंकास्पद लिंकहरु जाँचेर प्रतिरोध गर्नेछ ।
क्यास्परेस्की मोबाइल सेक्युरिटीका विशेषताहरु
-  अलाराम सहितको स्मार्टफोन एन्टी थेफ्ट : जसले तपाईको हराएको वा चोरी भएको मोबाईल पत्ता लगाउन मद्दत गर्दछ ।
-  इमेल, एसएमएस म्यासेज चेकर : जसले शंकास्पद लिंकहरुलाई पत्ता लगाएर प्रयोगकर्ताका तथ्यांकहरुलाई साईबर अपराधीहरुबाट सुरक्षित गर्दछ ।
-  दशगुणा स्पिड : यसले पुरानो संस्करणमा भन्दा दश गुणा स्पिडमा काम गर्ने क्षमता राख्दछ ।
-  स-शुल्क र निःशुल्क संस्करण दुवै उपलब्ध : यसको कोर सेक्युरिटी सभिर्स इन्टरनेटबाट निःशुल्क पाउन सकिन्छ भने पि्रमियम संस्करण (पूर्ण सुरक्षा संयन्त्र) सःशुल्क संस्करणमा पाउन सकिन्छ ।
- यसको प्रयोगबाट पूर्ण एन्टी भाईरस सुरक्षा, वेब अपराधीबाट सुरक्षा, रिमोट वेब म्यानेजमेन्टबाट एन्टी-थेफ्ट सिस्टम लागू गर्न सकिने, व्यक्तिगत डाटा गोप्यताको सुरक्षा, फोन कललाई फिल्टर र ब्ल्याक लिस्ट गर्न सकिने छ ।
क्यास्परेस्की ट्याब्लेट सेक्युरिटी
क्यास्पस्र्की ट्याब्लेट सेक्युरिटी एन्ड्ररोइड ट्याब्लेटहरुका लागि बनाइएको सेक्युरिटी सफ्टवेयर भएको कम्पनीले जनाएको छ । यसले ट्याबालेट डिभाईसहरु छिटो स्क्यान गर्नुका साथै यसको बिशेष अलार्म फिचरले हराएको ट्याब्लेट डिभाईसहरु पत्ता लगाउन मद्दत गर्नेछ । साईबर थ्रेट्स, फिसिंग र डिभाइस हराएर ट्रयाक नहुनेजस्ता त्रासबाट पनि यसले सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
क्यास्परेस्कीले आफ्ना उत्कृस्ट र अन्तर्राष्ट्रिय अवार्ड जितेका एन्ड्रोइड सेक्युरिटी सिष्टम निःशुल्क संस्करणमा उपलब्ध गराएको छ भने पि्रमियम संस्करण सशुल्क ट्याब्लेट डिभाईसबाट सिधै किन्न पनि सकिनेछ ।
क्यास्परेस्की ट्याब्लेट सेक्युरिटीका बिशेषताहरु
-  एन्टी भाईरसबाट सुरक्षा : क्यास्परेस्की ट्याब्लेट सेक्युरिटी एक बिश्वाशिलो एन्टी भाइरस सुरक्षा प्रणाली भएको कम्पनीले जनाएको छ । जस्ले प्रोएक्टिभ र क्लाउड बेस्ड टेक्नोलोजीमा आधारित भएर नयाँ तथा अन्जान भाईरस थ्रेटहरुलाई पत्ता लगाएर डिभाईस र डाटा जोगाउन मदत गर्दछ ।
-  वेब सुरक्षा : क्यास्पस्र्की ट्याब्लेट सेक्युरिटीले वेबमा घातक सफ्टवेयर र फिसिंग लिंकहरुलाई स्क्यान गरेर साईबर अपराधीहरुबाट बच्न मद्दत गर्दछ ।
-  एन्टी थेफ्ट प्रोटेक्सन र वेब म्यानेजमेन्ट : यसमा रहेको एन्टी थेफ्ट मोड्युललाई डिभाईसको जीपीएस मोड्युलसँग कम्बाईन गरेर छिटो भन्दा छिटो आफ्नो हराएको डिभाईस पत्ता लगाउन सकिन्छ । त्यस्तै, अलार्म फिचर (जसलाई डिभाईस हराउनुभन्दा अगाडी एक्टिभेट गरिएको अवस्थामा ट्याब्लेट जहाँ कहीं भएपनि त्यस तिखो अलार्म बज्दछ, जुन डिभाईसको मालिकले सेकुरिटी कोड नहाली रोक्किदै रोकिन्न) को पनि मदत लिन सकिन्छ । यदि ट्याब्लेट भेट्टाउन नै सकिएन भने प्रयोगकर्ताले क्यास्पस्र्की ट्याब्लेट सेक्युरिटीमा भएको रिमोट वेब म्यानेजमेन्ट मोड्युलको प्रयोग गरि आफ्नो गोप्य डाटालाई मेमोरीबाट मेट्नुका साथै ट्याब्लेटलाई चलाउन नै नमिल्ने गरि ब्लक गर्न सकिन्छ । यो एन्टी थेफ्ट मोड्युलको सुबिधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले क्यास्परेस्की ल्याबको आधिकारिक वेब पोर्टलमा रजिस्टर हुनुपर्ने हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger