भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ जेठ, काठमाण्डौं । विद्युत महसुल बढेको ११ महिना नवित्दै नेपाल विद्युत प्राधिकरणले पुनः २० प्रतिशत बढाउन महसुल निर्धारण आयोगमा प्रस्ताव गरेको छ । सञ्चित नोक्सान बढ्दै गएको भन्दै प्राधिकरण सञ्चालक समितिले महसुल बढाउन प्रस्ताव लगेको हो । गत साउनका आयोगले विद्युत खपतका आधारमा २० प्रतिशतसम्म महसुल बढाएको थियो । लोडसेडिङ दैनिक ८ घन्टा रहेका बेला प्राधिकरणले पुनः महसुल बढाउन प्रक्रिया थालेको हो । ‘महसुल वृद्धिको विकल्प छैन्,’ कार्यकारी निर्देश रामेश्वर यादबले भने, ‘संस्थाको सञ्चित नोक्सान बढ्दै गएपछि थेग्न सकिएन ।’ प्राधिकरणका सञ्चालकसमेत रहेका उर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले पनि महसुल २० प्रतिशत बढाउने निर्णय भएको जानकारी दिए । ‘वाषिर्क ५ प्रतिशतका दरले महसुल बढाउनुपर्छ भन्ने मेरो मान्यता हो तर २० प्रतिशत बढाउने निर्णय भयो,’ उनले भने । प्राधिकरण प्रस्ताव गरे पनि महसुल बढाउने/नबढाउने अधिकार आयोगसँग मात्र रहेको कारोबार दैनिकमा खबर छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.