Widgets

Home » » बुद्धको मूर्ति अन्तर्राष्ट्रिय अदालतमा राखिने

बुद्धको मूर्ति अन्तर्राष्ट्रिय अदालतमा राखिने

Written By sangalo on Sunday, May 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ जेठ, काठमाण्डौं । पिस प्यालेसले समेत चिनिने नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्) रहेको भवनमा बुद्ध प्रतिमा राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
bhudhaपिस प्यालेसको स्वामित्व लिएको कर्नेगी फाउण्डेशनले अनुमति दिएपछि आगामी जुन तेश्रो साता स्वीट्जरल्याण्डमा हुने एनआरएनए युरोपियन क्षेत्रीय सम्मेलन अघि १९ जुनमा प्रतिमा राख्ने तय भएको एनआरएन आइसीसी, बुद्ध प्रतिमा प्रतिस्थापन समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जनाए । त्यहां राख्न २ दशमलब ५ फिट अग्लो प्रतिमा चार लाख अ ८० हजार रुपैयांमा खरिद भइसकेको जनाउंदै श्रेष्ठले बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलमार्फत् बुद्धको प्रतिमा हस्तान्तरण गरिने बताए । प्रतिमा न्यायाधीशहरु रहेको भवनको तेश्रो तल्लामा राखिने छ ।
कसरी सफल भयो योजना ?
सन् २००५ डिसेम्बर पहिलो साता हो । बेलायतस्थित युनिभर्सिटी अफ ससेक्सबाट अन्तर्राष्ट्रिय अपराध कानुनमा एलएलएम गर्दै गर्दा श्रेष्ठ शैक्षिक भ्रमणका सिलसिलामा हेगस्थित पिस प्यालेस भवन पुगेका थिए । उनले सन् १९१३ मा निर्मित उक्त प्यालेसभित्र विश्वकै ख्यातिप्राप्त व्यक्तिहरुका पूर्ण तथा अर्धकद शालिकहरु बडो आकर्षक ढंगले राखिएको देखे । नेल्सन मण्डेला, नेहरु, महात्मा गान्धीको शालिक, अर्जेन्टिनाले दिएको क्राइष्ट, अमेरिकाले दिएको न्यायमुर्ति, अफ्रिकाबाट प्राप्त हात्तीको पूर्ण दुईवटा दाह्रा, चीनले दिएको ठूला गलैंचा लगायत असंख्य उपहार भेटेपनि नेपालको केही नाम निसाना थिएन । उनी घोत्लिए, ‘पिस प्यालेसमा वुद्धको मुर्ति राख्न पाए कति सान्दर्भिक हुन्थ्यो होला ?’
समय बित्दै जांदा १७ अक्टोबर २०११ का दिन नेपाल सरकारले सन् २०१२ लाई लुम्विनी भ्रमण वर्ष मनाउने निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger