Widgets

Home » » पतिलाई अस्वीकार गरी देवरसँग विवाह !

पतिलाई अस्वीकार गरी देवरसँग विवाह !

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ जेठ, राजविराज । परस्त्रीसँग पतिको सम्बन्ध रहेको विषयलाई लिएर उत्पन्न विवादपछि घर छाडेकी भाउजूसँग देवरले बिहे गरेको सुन्दा अनौठो लाग्न सक्छ । तर, सप्तरीमा यस्तै घटना भएको छ । भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत निवासी ३५ बर्षकी आशाकुमारी साह तथा विराटनगर उपमहानगरपालिका १२ बस्ने ३० बर्षका विकास साहबीच स्थानीय भगवती मन्दिरमा भएको बिहे अहिले चर्चाको विषय बनेको छ । उनीहरु नातामा देवर भाउजु पर्छन् । एक महिनाअघि मात्र विकासका सहोदर दाजु विशालसँग आशाको बिहे भएको थियो । बिहे भएको १०/१५ दिनपछि नै आशाले पति विशालको अर्कै युवतीसँग गहिरो प्रेम सम्बन्ध रहेको थाहा पाएकी थिइन् । पति विशाललाई निक्कै सम्झाउने प्रयास गरे पनि असफल भएपछि आशा घर छाडेर माइत बस्दै आएकी थिइन् । यसैबीच, देवर विकासले आशासँग बिहे गर्ने प्रस्ताव उनको अभिभावकसमक्ष पठाउका थिए । सो प्रस्तावमा आमाबुबा सहमत भएपछि शनिबार राजविराजस्थित भगवती मन्दिरमा दुबैबीच बिवाह सम्पन्न भएको राजधानी दैनिकमा खबर छ । विशाल विवाहमा अनुपस्थित रहेपनि उनका आमा बुबा भने विवाहमा उपस्थित थिए । भाउजूको व्यवहारबाट आफू निकै प्रभावित भएकाले दाजुसँग सम्बन्ध बिगि्रए पनि आफूले बिहे गर्ने इच्छा देखाएको र सो पूरा भएकामा निकै खुसी लागेको विकासले प्रतिक्रिया दिएका छन् । यता, आशाले विशालको चालचलन राम्रो नभएको तथा परस्त्रीसँग सम्बन्ध रहेकाले उनलाई त्याग गरेको बताइन् । विकासको व्यवहार र चालचलन राम्रो भएकाले बिहेको प्रस्ताव स्विकारेको जनाउँदै आशाले भनिन् ‘विकाससँग आफ्नो बैबाहिक सम्बन्ध सुमधुर रहनेमा ढुक्क छु ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger