भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मिस मंगोल २०१३ को ताज ललितपुरकी मुस्कान लिम्बुले जितेकी छन् ।
शनिवार साँझ आर्मी अफिसर्स क्लवमा भएको अन्तिम प्रतियोगितामा १९ बषिर्य लिम्बुले ताज प्राप्त गरेकी हुन ।
पूर्व मिस मंगोल सुम्निमा देवानले पुरुषबाट सिक्नुपर्ने कुरा के हो भनी सोधेको प्रश्नको जवाफमा मुस्कानले नेतृत्व क्षमता र जस्तोसुकै परिस्थीतिलाई सामना गर्नसक्ने गुण भएको जवाफ दिएर अन्य २६ प्रतिस्पर्धीलाई उछिन्दै ताज हात पारेकी हुन । मुस्कानका अनुसार पुरुषको नेतृत्वक्षमता राम्रो हुन्छ किनकी कठिन परिस्थीतिलाई पनि कसरी सामना गर्ने भन्ने उनीहरुलाई राम्रोसँग जानकारी हुन्छ । पुरुषले परिवार, समाज र मुलुकलाई नै कसरी नेतृत्व दिइरहेका छन भन्ने उदाहरणबाट असफलतामा पनि सफलता खोज्न प्रेरणा मिल्ने मुस्कानको जवाफ थियो ।
मुस्कानले आयोजकका तर्फबाट १ लाख नगद साथै वल्र्ड सेन्टर फर मंगोल ओरिजिनका तर्फबाट एक हजार दुई सय अमेरिकी डलरको पुरस्कार पाइन । प्रतियोगितामा बानु राई फष्ट रनरअप र सोनु श्रेष्ठले सेकेण्ड रनरअपको उपाधि प्राप्त गरे ।
मीस मंगोलको यो पाचौँ संस्करण हो । यसअघि सन् २००९ मा सृष्टि राजकणिर्कार, सन् २०१० मा बषर्ा रानी गुरुङ, सन् २०११ मा सुम्निमा देवान र सन् २०१२ मा सपना रोकाले यो उपाधि पाएका थिए । मंगोल समुदायका युवतीहरुको ब्यक्तित्व बिकाश र पहिचानलाई स्थापित गर्ने उदेश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएका छन ।
मुस्कान यसअघि मिस लिम्बुमा पनि सहभागी भएकी थिइन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.