Widgets

Home » » ३३ दलको बन्दले देशभरको जनजीवन प्रभावित बन्द नगर्न सरकारको आग्रह

३३ दलको बन्दले देशभरको जनजीवन प्रभावित बन्द नगर्न सरकारको आग्रह

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


२५ चैत, काठमाण्डौं । नेकपा-माओवादीसहित वर्तमान सकारको विपक्षमा रहेका ३३ दलले आह्वान गरेको बन्दका कारण आज विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने अत्यावश्यक काममा जाने सर्वसाधारण पैदल हिँड्न बाध्य भएका छन् ।
नेकपा-माओवादीसहितका दलले प्रमुख चारदलको निर्णय प्रति असहमति जनाउँदै वर्तमान सरकारको विरोधमा बन्द आह्वान गरेका हुन् । बन्दकर्ताले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गरेका छन् ।
बन्दकर्ताहरु विहानैदेखि मुख्य सडक र चोक चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
बन्द फिर्ता दिन सरकारको आग्रह
यसैबीच सरकारले आजको बन्द फिर्ता लिई वार्तामा आउन नेकपा-माओवादी नेतृत्वको ३३ दललाई आग्रह गरेको छ । ‘केही आन्दोलकारी राजनीतिक दलहरुको मोर्चाले आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको छ’ सरकारका प्रवक्ता एवं सूचनातथा सञ्चारमन्त्री माधव पौडेलद्वारा शनिबार जारी वक्तव्यमा भनिएको छ-’२५ गते हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिन नेपाल सरकार आन्दोलनकारी मोर्चा तथा त्यसका सम्पूर्ण घटकहरुलाई हार्दिक आह्वान गर्दछ ।’
वक्तव्यमा सम्वाद, छलफल र परामर्शका माध्यमबाट समस्या समाधान गर्न सरकार खुल्ला रहेको उल्लेख छ । सरकार र उच्चस्तरीय राजनीतिक समतिले वार्तामा बोलाएपनि आन्दोलनकारी दलहरुले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने अडान लिएका छन् ।
वक्तव्यको पूर्णपाठ
gov-let

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger