Widgets

Home » » प्रचण्ड चीन जाँदै, फर्कनासाथ दिल्ली चीन या भारततिर ढल्कने नीति असफल

प्रचण्ड चीन जाँदै, फर्कनासाथ दिल्ली चीन या भारततिर ढल्कने नीति असफल

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

 एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी वैशाख १ गते नयाँ वर्ष पारेर चीन भ्रमणमा जानुहुने भएको छ । चीनबाट फर्केलगत्तै उहाँ भारत जानुहुनेछ ।
Prachandaचिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा प्रचण्डसहितका नेताहरु चीन जान लागेका हुन् । ‘अध्यक्षसहितको सानो टोली वैशाख १ गतेबाट चीन भ्रमणमा जाने तय भएको छ ।’-नेता हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुनेछ ।’ उहाँका अनुसार भ्रमणका क्रममा प्रचण्डले नयाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसहितका उच्च नेताहरुसँग भेटवार्ता गर्नु हुनेछ ।
प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै प्रचण्डले मोहनवैद्य र कृष्णबहादुर महरा समेतलाई लिएर बेइजिङ भ्रमण गुर्नभएको थियो । तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग भेट गरेर फर्कने क्रममा प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एशियाले विश्वको नेतृत्व गर्ने बताउनुभएको थियो ।
एमाओवादी नेतालाई तत्कालीन चिनियाँ अधिकारीहरुले भारतसँग नेपालले मिलेर अघि बढ्नुपर्ने सल्लाह दिएका थिए । तर, चीनबाट फर्केको केही दिनमै प्रचण्डले नयाँ बानेश्वरमा भाषण गर्दै माधव नेपाल सरकार कठपुतली भएकाले सोझै दिल्लीसँग वार्ता गर्ने बताउनुभएको थियो । दक्षिणी छिमेकीसँग सम्बन्ध सुधार्ने सल्लाह लिएर चीनबाट फर्केका एमाओवादी नेताले भारतीय सीमानामा प्रदर्शन गर्ने अभियानसमेत चलाएका थिए, जसले गर्दा प्रचण्ड र दिल्लीको सम्बन्ध झनै चिसिएको थियो । तर, अब हुने भारत भ्रमणपछि यो सम्बन्धमा सुधार आउने एमाओवादी नेताहरुको विश्वास छ ।
भारतको आलोचना गरेर चीनलाई खुशी तुल्याउने प्रचण्डको रणनीतिलाई बेइजिङले चार वर्षअघि नै अस्वीकार गरिसकेको छ । नेपालका लागि पूर्वचिनियाँ राजदूत याङ होउलानले यसअघि नै भनिसकेका छन् कि नेपाललाई हेर्ने मामिलामा भारत र चीनको साझा धारणा छ । यसले पनि स्पष्ट पार्छ, आपसी सम्बन्ध सुधार्ने अभियानमा लागेका दिल्ली र बेइजिङमध्ये उत्तरतर्फमात्रै ढल्किने नीतिबारे एमाओवादीले पुनर्विचार गर्नुपर्ने महसुस गरेकै हुनुपर्छ ।
चीनबाट फर्कनासाथ भारत
दुबे छिमेकीसँग सन्तुलन कायम गर्ने उद्देश्यअनुरुप चीनबाट फर्किएलगत्तै प्रचण्डले भारतको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको एमाओवादी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । । ‘भारतबाट पनि निम्तो आएको छ’ एमाओवादी नेता गजुरेलले भन्नुभयो-’चीनबाट फर्किएलगतै भारत जाने कुरा छ ।’ प्रधानमन्त्री भएका बेला भारत गएयता ०६५ सालदेखि प्रचण्डले दिल्ली भ्रमण गर्नुभएको छैन ।
एमाले महासचिव भारत प्रस्थान
यसैबीच नेकपा एमालेका महासचिव ईश्वर पोखरेल भारत भ्रमणका लागि सोमबार कोलकाता प्रस्थान गर्नुभएको छ । भारतीय कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो ।
महासचिव पोखरेलका साथमा पार्टीका विदेश विभाग सचिव केशव पाण्डेसमेत हुनुहुन्छ । नेताद्वय बिहीबार स्वदेश र्फकने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger