Widgets

Home » » ८० कटेका हजुरबाको सगरमाथा चढ्ने होडबाजी नेपाली र जापानी वृद्धवीच किर्तिमानीको प्रतिश्पर्धा

८० कटेका हजुरबाको सगरमाथा चढ्ने होडबाजी नेपाली र जापानी वृद्धवीच किर्तिमानीको प्रतिश्पर्धा

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१९ चैत, काठमाडौं । सबैभन्दा बूढो उमेरमा सगरमाथा चढ्ने रेकर्ड तोड्न यतिबेला दुई देशका वृद्धवीच कडा प्रतिस्पर्धा भइरहेको छ । नेपालका मीनबहादुर शेरचनका नाममा रहेको यो किर्तिमान खोस्न यतिबेला जापानी नागरिकसमेत लागिपरेका छन् ।
शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर यो रेकर्ड बनाएका थिए । तर, यतिबेला जापानका ८० वषर्ीय एक आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी यो किर्तीमान आफ्नो पोल्टामा पार्ने दाउमा लागेका छन् । चारपटक मुटुको सर्जरी गराएका युचिरो मिउराले तेस्रोपटक सगरमाथाको आरोहण गर्दै सगरमाथा आरोहण गर्ने विश्वको सबैभन्दा वृद्ध व्यक्तिका रुपमा किर्तीमान कायम गर्ने घोषणा गरेका हुन् ।
two-old-man-everestशेरचन र मिउरावीच यो किर्तिमानका लागि यसअघि पनि लुकामारी भइसकेको थियो । सन् २००३ मा पहिलोपटक मिउराले ७० बर्षको उमेरमा सगरमाथा आरोहण गरेर किर्तिमान आफ्नो नाममा दर्ज गरेका थिए । तर, सन् २००८ मा ७६ वर्षको उमेर सगरमाथा चढेर मीनबहादुरले यो किर्तिमान खोसिदिए । किर्तीमान बचाउने प्रयासमा मिउरा पनि सगरमाथातिरै लम्किएका थिए । तर, शेरचनले शिखरमा पुगेको भोलिपल्टमात्रै उनी त्यहाँ पुगे ।
उमेरमा शेरचन एक वर्ष जेठा भएका कारण पनि मिउरालाई यसपटक किर्तिमान जोगाइराख्न कठीन भयो । तर, मिउराले हरेस खाएनन् । ५ वर्षपछि फेरि उनी सगरमाथातिरै लागेका छन् । अहिले मीनबहादुर ८१ र मिउरा ८० वर्ष उमेरका छन् ।
सगरमाथा आरोहणका लागि काठमाण्डौ आइपुगेका मिउराले आफ्ना लागि किर्तिमानी ठूलो कुरा नभएको भन्दै चुचुरोमा पुग्नु ठूलो कुरा भएको बताए । दृढ आकांक्षा भएमा सपनाको चुचुरो चुम्न सकिने उनको भनाइ छ ।
मिउराले विश्वका सातै महादेशका ठूला चुचुराको आरोहण सम्पन्न गरिसकेका छन् । उनले सगरमाथा पछि विश्वको छैटौँ सर्वोच्च शिखर चोयुको पनि आरोपण गर्ने सोँच बनाएका छन् । आफू ८५ वर्षको उमेरसम्म बाँचेमा चोयु पनि आरोहण गर्ने उनी बताउँछन् । चोयु आरोहण मेरो अर्को सपना हो, उनले समाचार संस्था रोयटर्ससँग भनेका छन् ।
मिउराको योजनाबारे सुईंको पाएपछि शेरचन पनि आफ्नो किर्तिमान जोगाउने सुर कसेका छन् । सगरमाथा आरोहणका लागि अनुमति लिएर जापानी नागरिक सगरमाथा आधार शिविरतिर लागेपछि शेरचन किर्तिमान गुम्ला कि भन्ने चिन्तामा छन् । सोही कारण उनले आफुले किर्तिमान जोगाउन फेरि शिखर चढ्ने भन्दै पर्यटन मन्त्रालयमा सहयोगका लागि निवेदन दिएका छन् । उनको निवेदनलाई मन्त्रिपरिषद्मा पठाइने मन्त्रालय स्रोतले जानकारी दियो ।
सगरमाथा क्षेत्रमा करिव एक महिना बस्दा करिव १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । सरकारले सहयोग दियो भने सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्नेको किर्तिमान जोगाउन यी दुई वृद्धवीच प्रतिस्पर्धा हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger