Widgets

Home » » ढुवानीको अप्रिल फुल !

ढुवानीको अप्रिल फुल !

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


खासमा अप्रिल फुल त सोमबार हो, तर रिलिजका लागि तयार हुँदै गरेको फिल्म ढुवानीको युनिटले भने मंगलबार अप्रिल फुल मनाएजस्तो भयो। मंगलबार फिल्मको प्रोमो तथा पोस्टर सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रम तीन बजे शुरू हुने भनिए पनि डेढ घण्टा ढिलो गरिएपछि कार्यक्रममा उपस्थितहरूले ढुवानी युनिटले अप्रिल फुल मनाएको महसुस गरे। कार्यक्रममा फिल्म ढुवानीको प्रोमो र पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको प्रोमो र पोस्टर कार्यक्रमकी प्रमुख अतिथि सीएनएन हिरो अनुराधा कोइरालाले सार्वजनिक गरेकी हन्। ढुवानी चेलीबेटी बेचविखनको विषयलाई केन्द्रमा राखेर बनाइएको फिल्मको निर्माण पक्षले जनाएको छ। चेलीबेटी बेचविखन नेपालको एक प्रमुख समस्या रहेको भन्दै व्यवसायभन्दा पनि जनचेतना फैलाउने उद्देश्यले फिल्म निर्माण गरिएको यसकी निर्मात्री कविता श्रेष्ठले बताइन्। प्रमुख अतिथि कोइरालाले भने नेपालमा चेलीबेटी बेचविखन वृद्धि हुनुको प्रमुख कारण गरिबी नभएर लिंगीय विभेद रहेको बताइन्। ‘नेपालमा चेलीबेटी बेचविखन बढ्नुमा गरिबी होइन, लिंगीय विभेद मुख्य कारण रहेको छ’, उनले भनिन्– ‘अब यसको अेढरिजिन र डेस्टिनेसनसमेत फेरिएको छ।’ पहिले मंगोलियन अनुहारका विशेष गरी तामाङ समुदायका चेली मुम्बई पुर्याइन्थ्यो। अहिले दलित र ब्राह्मण–क्षत्रीमूलका चेलीलाई चीन पुर्याउन थालिएको छ। अहिले यो समस्या भारतसँग मात्रै नभएर चीन, अफ्रिका र सबै अरेबियन कन्ट्रीहरूमा फैलिएको छ। मुम्बईका कोठीहरू खाली भइसकेका छन्, यसको साटो हाम्रो सीमाना नजिकसम्म आइपुगेका छन्।’ देशकै पनि डान्स बार, विभिन्न रेस्टुरेन्टलगायतले गर्दा चेलीबेटी बेचविखन भइरहेको चर्चा उनले गरिन्। मन्जिल श्रेष्ठको निर्माणमा बनेको ढुवानीमा पीताम्बर पाण्डेको निर्देशन, स्क्रिप्ट र स्क्रिन प्ले रहेको छ भने हरि लम्सालको संगीत र भूपेन्द्र खडकाको शब्द रहेको छ। किशोर खतिवडा, प्रवीण खतिवडा, धिरेनराज थापा, अनुजा गायक, सगुन शाही, उदय अली, हरुण अली, काका अली, मिलन सिजापति तथा अर्चना देल्ललाको अभिनय रहेको फिल्ममा देव महर्जनको एक्सन र पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger