Widgets

Home » » सेन्सरको फन्दामा बर्बाद

सेन्सरको फन्दामा बर्बाद

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


यौनलाई विषय बनाएर बनाइएको फिल्ममा नै पनि कति प्रतिशत यौनसँग सम्बन्धित दृश्य होलान् र कतिचाहिँ अरू दृश्य होलान्? अन्दाज र अनुमान आ–आफ्नै होलान्। तर रिलिजको अनुमतिका लागि सेन्सर बोर्डमा पुगेको फिल्म बर्बादमा यसको नामजस्तै ८० प्रतिशत दृश्य अश्लील र परिवारसँग बसेरै हेर्न नमिल्ने रहेको पाइएपछि यसलाई सार्वजनिक प्रदर्शनमा ल्याउनै नदिइने भएको छ। सेन्सर स्रोतका अनुसार फिल्ममा ८० प्रतिशत दृश्य आपत्तीजनक र अश्लील छन्। झन्डै २ घण्टाको फिल्ममा २० मिनेटबाहेक सबै दृश्य अश्लील भएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी गराएको छ। स्रोतका अनुसार यो फिल्मको अश्लील दृश्य र संवादले यसअघिको विवादास्पद फिल्म एटीएमलाई समेत माथ गरिदिएको छ। उत्तेजक र अश्लील दृश्य तथा त्यस्तै संवादका कारण बर्बादलाई निलो फिल्म’ को संज्ञा दिइएको छ। पूरै फिल्म हेरेपछि सेन्सर बोर्डले यसलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने भन्दै पन्छाएको छ। ‘८० प्रतिशत भल्गर छ, पछिल्लो २० मिनेटका लागि रिलिजको अनुमति दिएर के काम?’, सेन्सरले स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘यो फिल्म महिला अस्मितामाथि नै आँच आउने खालको छ। महिलालाई वस्तुको रूपमा प्रस्तुत गरिएको छ।’ व्यस्त व्यापारी पति र पतिबाट हरबखत यौनाच्छा पूरा गर्न खोज्ने गृहिणीको कथामाथि बनेको फिल्ममा गृहिणी पतिले समय दिन नसकेपछि घरमा ल्यापटप बनाउन आउने प्राविधिकसँगै सल्केको कथा एकातिर छ भने अर्कोतिर पति आफ्नी पीएसँग सल्किएको कथा छ। बग्रेल्ती नग्न दृश्य तथा बेडमा बसेर ब्रा नै खोलेको सम्मका दृश्यका कारण सेन्सरले फिल्ममाथि बन्देज लगाएको स्रोतले जनायो। एटीएम गर्ल जीया केसीका साथमा जीके शर्माले प्रमुख भूमिकामा अभिनय गरेको फिल्मलाई रिम विश्वकर्माले निर्देशन गरेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger