Widgets

Home » » होटेलको ओछ्यानमा सुत्ने जागिर

होटेलको ओछ्यानमा सुत्ने जागिर

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

निद्रा कसलाई पो प्यारो लाग्दैन र ? तर के गर्नु सधै सुतेर मात्र भएन । हातमुख जोर्न काममा जानुपर्यो । सधै सुतेरै गर्न मिल्ने काम भए कस्तो राम्रो हुँदो हो ? भन्ने सायद तपाइँ पनि कल्पना गर्नुहुन्छ होला । तर कल्पना गरेर मात्र के गर्नु ? सुत्ने जागिर कहाँ पो पाइन्छ र ? हाम्रो देशमा यस्तो जागिर त पाइन्न तर फिनल्याण्डमा भने सुत्ने जागिर खुलेको छ ।
sleep
फिनल्याण्डको राजधानी हेलसिन्कीमा रहेको एक होटेलले सुत्ने जागिर खुलाएको छ । सुत्ने जागिर भन्ने बित्तिकै कुनै यौन धन्दाको लागि हो की ? भन्ने सोच्नुहोला । तर त्यसो होइन । यो विशुद्ध होटेलका ओछ्यानमा सुत्ने जागिर मात्र हो, अरु दायाँबायाँ केही होइन ।
होटल फिन नामको उक्त होटलले सुत्ने जागिर खान चाहनेलाई आवेदन दिन आह्वान गरेको छ । सुत्नमा पोख्त मान्छेलाई जागिर दिने बताएको उक्त होटेलमा सुत्ने जागिरका लागि छानिने मानिस ३५ दिनसम्म मज्जाले होटलमा खाइपाइ आराम साथ सुत्न पाउनेछ ।
सुत्ने जागिर खुलाउनुको तात्पर्य खुलाउँदै होटलका म्यानेजर टिनो टिका भन्छन्, नयाँ खुलेको होटेलको प्रवर्धन र प्रचारका लागि त्यसो गरिएको हो । त्यहाँ सुत्ने र निदाउने जागिरमा छानिएका मान्छेहरुले जागिरपछि एउटा काम भने गर्नुपर्छ । उनीहरुले होटेलमा आफ्नो सुताइ तथा निद्राको विषयमा आफ्नो अनुभव लेख्नुपर्नेछ र त्यसलाई इन्टरनेट तथा अन्य माध्यमबाट शेयर गर्नुपर्नेछ ।
यो जागिर खानका लागि फिनिश, अंग्रेजी, रसियन तथा अन्य भाषाको ज्ञान हुनु आवश्यक छ । आउँदो १७ मे सम्ममा उपयुक्त कर्मचारी छानिने र सुत्ने जागिरमा लगाइने होटलको भनाइ छ । यो जागिरमा आवेदनका लागि अपि्रल महिनाको अन्तसम्मको समय तोकिएको छ । अहिलेसम्म ६ सय जनाले आवेदन गरिसकेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger