भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ चैत, रुकुम । रुकुम जिल्लामा प्रवेश गर्ने पर्यटकलाई जिल्लाबासीले अब आन्तरिक उत्पादनको खाद्यबस्तु खुवाएर स्वागत गर्ने भएका छन् । खाद्य संस्थानले वितरण गरेको चामल पर्यटकका लागि प्रयोग नगर्ने निर्णयसँगै स्थानीय होटल व्यवसायीले पर्यटकलाई आफैले उत्पादन गरेको खाद्यबस्तुको परिकार खुवाउने भएका हुन् ।
स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्न स्थानीइ खानालाई नै प्राथमिकता दिने जिल्ला पर्यटन समितिका सदस्य गोपाल केसीले जानकारी दिनुभएको नेपाल समाचारपत्रमा खबर छ । स्थानीय प्रवर्द्धनका लागि योगदान गर्दै आएको नेपाली सेनाको ‘दि फेमस महिन्द्र दल गण,’ ले पर्यटकका लागि चाहिने स्थानीय खाना स्थानीय उत्पादनबाट सम्भव हुने पुष्टि गरेपछि स्थानीयको आकर्षण बढेको हो ।
जिल्लामा आयोजित एक कार्यक्रममा सेनाको उक्त गणका गणपति अभरिाज आचार्यले रुकुमका सरकारी तथा गैरसरकारी निकाय, पर्यटनसँग सम्बन्धित निकायबीच स्थानीय स्रोतबाट खाद्य सामग्रीका बारेमा जानकारी गराएको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.