Widgets

Home » » मुटु स्वस्थ राख्ने केही खाद्य पदार्थ

मुटु स्वस्थ राख्ने केही खाद्य पदार्थ

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुटुरोग पछिल्लो समयमा निकै खतरनाक स्वास्थ्य समस्या बनिरहेको छ । कम उमेरका तथा युवा वर्गमा समेत मुटु तथा रगत सम्बन्धी स्वास्थ्य समस्या टाउको दुखाइको विषय बनिरहेको छ ।

खासगरी तनावयुक्त जिवनशैली तथा असन्तुलित खानपान मुटुरोगको मुख्य कारण भएको बताइन्छ । त्यसैले जिवनशैलीमा सुधार तथा तनावबाट मुक्ति मुटुलाई स्वस्थ राख्ने उपाय हुन् । खानपानमा ध्यान दिन सकियो भने मुटुलाई स्वस्थ राख्न सकिन्छ । केही यस्ता खाद्यपदार्थ छन् जसको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।मुटुलाई स्वस्थ राख्न यी खानेकुरा निकै लाभदायी हुन्छन्:

कालो सिमी: कालो सिमीमा फोलेट, एन्टी अक्सिडेन्ट, म्याग्नेसियम तथा फाइबर लगायतका तत्व हुन्छन् । जसले रगतमा कोलेस्टेरोल तथा चिनीको मात्रा नियन्त्रण गर्छ ।

रेड वाइन: रक्तनलीलाई सफा गर्न तथा सरीरमा जमेको बोँसो पलाग्नका लागि रेड वाइन निकै कामयाबी हुन्छ । यसको नियन्त्रित सेवन स्वास्थ्यका लागि लाभदायी हुने बताइन्छ ।

माछा: खासगरी सालमान माछाको नियमित सेवन मुटुको स्वास्थ्यका लागि लाभदायी हुन्छ । माछामा ओमेका ३ फ्याट्टी एसिड तथा डिएचके लगायतका तत्व पाइन्छ । ओमेगा थ्री ले उच्च रक्तचाप कम गर्छ । हप्तामा दुइवटा माछा खानु मुटुको स्वास्थ्यका लागि अनिवार्य मानिन्छ ।

ओखर: दिनहुँ एकमुठी ओखर खानाले कोलेस्टेरोलको मात्रा कम हुने र मुटुका धमनीहरुमा खराबी हुने समस्या कम हुने बताइन्छ । ओखरमा ओमेगा थ्री, मोनोस्याचुरेटेड फ्याट तथा फाइबर पाइन्छ ।

बदाम: दिनहुँ एकमुठी बदाम खाँदा सरीरमा फाइबरको आपूर्ति सन्तुलित हुने र मुटुलाई स्वस्थ राख्न मद्दत मिल्ने विज्ञहरु बताउँछन् । बदामले कोलेस्टेरोलको मात्रा नियन्त्रित गर्ने र मधुमेहको जोखिम पनि कम गर्ने बताइन्छ ।

टोफु: तपाइँ पनिरको पारखी हुनुहुन्छ भने अब पनिर होइन टोफु खाने गर्नुहोस् । टोफुमा लवण, फाइबर तथा पोली स्याचुरेटेड फ्याट पाइन्छ जसले धमनीमा बोसो जम्न दिँदैन ।

सखरखण्ड: सखरखण्डमा फाइबर, भिटामिन ए, तथा लाइकोपिन भन्ने तत्व हुन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ ।

सुन्तला: सुन्तलामा पोटासियम तत्व बढि हुन्छ जसले रक्तचाप नियन्त्रण गर्छ । साथै सुन्तलामा पर्याप्त फाइबर पनि हुन्छ ।

गाजर: रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने तथा मधुमेहको खतरा कम गर्नुका साथै गाजरमा भएको घुलनशील फाइबरले कोलेस्टेरोलको मात्रा पनि नियन्त्रण गर्छ ।

जौँ: जौँ को रोटी खानाले यसमा हुने प्रसस्तै फाइबर तथा अन्य तत्वले कोलेस्टेरोल तथा रगतमा हुने चिनीको मात्रा नियन्त्रणमा पनि सहयोग गर्छ ।

कफी: अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने जो मानिस दिनमा २ देखि ४ कप चिया वा कफी पिउँछन् उनीहरुमा मुटुरोगको सम्भावना कम हुन्छ । तर, मधुमेहका रोगीले भने चिया तथा कफी को सेवन गर्नु उचित मानिँदैन । ब्लाक कफिबढि फाइदाजनक हुन्छ । ग्रीन टी पनि निकै लाभदायी मानिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger