Widgets

Home » » फेरि दैनिक ३ घण्टा लोडसेडिङ बढ्ने

फेरि दैनिक ३ घण्टा लोडसेडिङ बढ्ने

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ चैत, काठमाण्डौं । भारतले बुधबारदेखि नेपालतर्फ निर्यात गरिरहेको विद्युत्मध्ये ६० मेगावाट कटौती गरेका छ । कोइला आपूर्तिमा समस्या देखिएको भन्दै भारतले उक्त परिमाण विद्युत् कटौति गरेको हो । बिहार इलेक्टि्रसिटी बोर्डले बुधबार नेपाल विद्युत प्राधिकरणलाई कटैया-कुशहा र रामनगर-गण्डबाट निर्यात भइरहेको विद्युत्मा कटौती गरिएको जानकारी गराएको प्राधिकरण प्रणाली सञ्चालन विभागका महाप्रवन्धक राजेशवरमान सुल्प्यानले बताउनुभयो । सुल्प्यानले भन्नुभयो-’कटैयाबाट आयात भइरहेको ७५ मेगावट मध्ये ३५ मेगावाट र रामनगर-गण्डकबाट आयात भइरहेको २५ मेगावाट पुरै कटौती गरिएको जानकारी गराएको छ ।’ भारतले विद्युत कटौती गरेपछि नेपालमा लोडसेडिङ थपिने भएको छ । हाल दैनिक १० घण्टा हुँदै आएको लोडसेडिङ फेरि दैनिक १३ घण्टासम्म पुग्न सक्ने प्राधिकरणले प्रक्षेपण गरेको नेपाल समाचारपत्रमा खबर छ । भारतबाट आयात भइरहेको करिब १ सय ५० मेगावाट र प्राधिकरणका विद्युत केन्द्रहरुको समेत गरी करिब ५ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा प्रवाह भइरहेको प्राधिकरणले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger