Widgets

Home » » सूचना बाँड्न अझै आफैँ हिड्छन् कटुवाल बा

सूचना बाँड्न अझै आफैँ हिड्छन् कटुवाल बा

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ चैत, गोरखा । क्षण-क्षणमा फोन, इन्टरनेट, इमेलमार्फत सूचना, आदानप्रदानले संसारलाई नै साँघुरो कोठामा बदलिसकेको बेला गोरखा नगरपालिकाको एउटा समुदायमा गजबकै चलन छ- कटुवालमार्फत सूचना प्रवाह गर्ने । पौराणिक कालमा सूचना सञ्चार गर्ने विविध माध्यम हुन्थ्ये । कतै ढ्यांग्रो ठटाएर मान्छे भेला पारिन्थ्यो त कतै कटुवाल चिच्याउँथे । समयअनुसार सूचना बाँड्ने प्रविधि र शैली फेरिए पनि गोरखा नगरपालिका ९ का स्थानीय अहिले पनि कटुवालकै भर पर्छन् । गाउँमा हुने सभा समारोह, बैठक डाक्न कटुवाल कराउने प्रचलन यथावत रहेको छ । वन समूहको बैठक, डँडेलो निभाउने आह्वान, विद्यालय वा सार्वजनिक सडक मर्मतजस्ता सामाजिक कामको सूचना कटुवालले चिच्याएर दिने गरेको नागरिक दैनिकमा खबर छ । सामुदायिक जंगलमा डढेलो लागेको सूचना कटुवालको मुखबाट कानमा पर्ने वित्तिकै थालको भात छाडेर गाउँले जम्मा हुन्छन् । मेलापात, खेतीपाती छाडेर सामाजिक काममा जुट्न कटुवाल प्रचलनले वीरेन्चोकबासीलाई तम्तयार पार्दै आएको छ । गाउँलेलाई भेला गराएर सामाजिक काम लगाउने जिम्मा पाएका छन् ७५ बर्षका सन्तबहादुर माल्बुलले । १८ बर्षदेखि गाउँमा कटुवाल कराउन थालेका माल्बुल अहिले पनि उत्तिकै फूर्तिसाथ कटुवाल कराउँछन् । उनलाई गाउँलेहरुले कटुवाल बुढा वा बा भनेर बोलाउने गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger