Widgets

Home » » करणसँगै टाढा हुँदै बलिउडका तीन खान

करणसँगै टाढा हुँदै बलिउडका तीन खान

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरसँग अहिलेका चर्चित नायकहरु काम गर्न हिचकिचाइरहेका छन् । बलिउडका तीन खानहरु नै अहिले करणसँग टाढा हुँदै गएका छन् ।करण जोहरसँग बलिउडका बादशाह साहरुख नजिक मानिन्छन् । करणले साहरुख भन्दा अन्य नायकसँग काम नगर्ने उद्घोष पनि गरेका थिए । तर उनले सन् २०१२ मा निर्माण गरेको २ चलचित्रमा नै साहरुख देखिएनन् । यसैले पनि साहरुख र करणको सम्वन्ध चिसिएको बताइएको छ ।
बलिउडका अर्का चर्चित खान सलमान पनि करणसँग काम गर्न चाहदैनन् । सलमानलाई लिएर सिनेमा बनाउन करण आतुर छन् । तर सलमानले उनलाई कुनै पनि खालको भाउँ दिएका छैनन् । सलमान करणसँग राम्रो रकम हात नपारेसम्म काम गर्ने सोचमा छैनन् । उनी करणसँग काम गर्न नपरोस् भन्ने सोचाई राख्छन् ।
नायक आमिर खान पनि करणसँग काम गर्न इच्छुक छैनन् । करण यशराज ब्यारनको निर्माणमा तयार भइरहेको चलचित्र ‘धुम ३’ आफ्नो ब्यानर धर्माबाट बनाउन चाहन्थे । तर आमिरले यो कुरालाई सहर्ष नकारेका थिए । करणको निकटता साहरुखसँग रहेको वुझेकाले पनि आमिर करणसँग काम गर्न इच्छुक नदेखिएका हुन् ।
बलिउडका ३ खानसँग दुरी बढ्दै गएपछि निर्देशक करण जोहरले आफुलाई एक्लो महशुश गर्न थालेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger