Widgets

Home » » कुमारित्वबारे आवश्यक जानकारी - के हो कुमारीत्व ?

कुमारित्वबारे आवश्यक जानकारी - के हो कुमारीत्व ?

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कुमारित्वबारे आवश्यक जानकारी र ज्ञान नहु“दा धेरै व्यक्ति यसरी अलमलमा पर्ने गर्छन् । त्यसमा पनि यसको सेरोफेरोमा रहने अनेक मिथ्या धारणाले यसमा झनै जटिलता थप्ने गर्छ । के श्यामको नव विवाहित श्रीमतीको कौमार्य पहिले नै भ· भइसकेको थियो त - के प्रथम यौनसर्म्पर्कमा रगत आउनै पर्छ त - के श्यामको कौमार्य पहिचान गर्ने आधार जायज थियो त - अब वैवाहिक जीवन अघि बढाउन कठिनाइ पर्नुमा दोष कसको - समाजमा विद्यमान लै·कि असमानता अनि यसबारेको अज्ञानताले अनावश्यक रुपमा कतिपय समस्या त्यसै नै उब्जिएका हुन्छन् ।
कुमारित्व के हो - यौनसर्म्पर्क राखिएको छ वा छैन भन्ने कुरा नै कुनै पनि व्यक्तिको कौमार्य भ· भए वा नभएको मुख्य आधार हो । यौनसर्म्पर्क राखिसकेकी कुनै पनि केटी ँकुमारी’ रहन्न भने केटालाई पनि ँकुमार’ भन्न मिल्दैन । तर संसारभरि नै केटाको कुमारत्व जा“च्ने कुरामा खासै चासो राख्ने गरेको भेटिन्न तर केटीको कुमारित्व जा“च्ने अनेक उपाय गरिएका भेटिन्छन् । केटीको कौमार्य विवाहपर्ूव भ· हुने/नहुने चलन कहिलेदेखि चल्यो भन्ने कुरा यकिनका साथ भन्न सजिलो छैन । तर कालान्तरमा योनिद्वारमा हुने पातलो झिल्ली -योनिच्छद) छ वा छैन भन्ने कुरालाई मात्र आधार बनाएर महिलाको कौमार्य जा“च्न थालिएको पाइन्छ । जनसाधारणले यस झिल्लीको परीक्षण गर्न नसक्ने भएकाले नै होला पहिलो यौनसर्म्पर्क राख्दा यो झिल्ली च्यातिन गई रगत आउने विश्वासमा विवाहपछिको प्रथम रात्रिमा सेतो तन्ना ओछ्याएर कुमारित्वको पहिचान गर्ने प्रयास गरिने चलन कतिपय समाजमा पाइन्छ । यसलाई हर्ेदा कुमारित्वको परिभाषा विशेष गरेर शारीरिक पक्षमा केन्द्रित भएको भेटिन्छ । यसको मूल आधार नै योनिच्छद छ वा छैन भन्ने कुरा बन्न गएको पाइन्छ । तर अहिले कुमारित्वको परिभाषालाई विस्तृत गर्नुपर्ने विचारहरू आइरहेका छन् । यो कुरालाई शारीरिक कुरामा मात्र सीमित गरिनु हुन्न भन्ने विचार उनीहरूको छ । योनिच्छद र यसको मापदण्ड योनि महिलाको नली आकारको प्रजनन अंग हो । सम्भोगको बेला यसले पुरुषको लिंग ग्रहण गर्दछ र पुरुषको वर्ीय पनि यसैमा जम्मा हुन्छ । योनिको बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्ट िगुजमुज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ । यसलाई योनिच्छद भनिन्छ । अंग्रेजीमा यसलाई हाइमेन ९जymभल० भनिन्छ र यो शब्द ग्रीक हाइमेनियस -ज्ymभलभगक) बाट लिइएको मानिन्छ । ग्रीक भाषामा यसको अर्थ हुन्छ- ँविवाहका देवता’ । यस झिल्लीको आफ्नै कुनै निश्चित कार्यविशेष भने थाहा भएको छैन तर यसमा भएको प्वालले भने महिनावारी हु“दा आउने रगत निस्कन ठाउ“ दिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्ताबाट अलिकति मात्र बढेको हुन्छ अर्थात् योनिद्वारलाई पूरै मात्रामा ढाकेको हु“दैन । यस्तै १० हजार महिलामा एक जना यो झिल्ली नभईकनै जन्मने गर्छन् । योनिच्छदको आकार, बनावट तथा मोटाइ व्यक्ति अनुसार फरक-फरक पर्न सक्छ । योनिद्वारको वरिपरि घेरा हालेको जस्तो भएमा एनुलार ९बललगबिच० योनिच्छद भनिन्छ भने यस झिल्लीको बीचबाट केही पट्टी -दबलम) भएकोलाई सेप्टेट ९कभउतबतभ० भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वाल-प्वाल परेको हुन्छ जसलाई क्रिबिर्फम ९अचष्दचषयrm० भनिन्छ । बच्चा जन्माइसकेका महिलामा भने यसको केही अंशको घेरा मात्र भएको पाइन्छ जसलाई प्यारस ९उबचयगक० भनिन्छ । विरलै स्थितिमा यसमा कुनै प्वाल नै नहुन सक्छ । तर यस्तो स्थितिलाई सजिलै उपचार गर्न सकिन्छ । कुनै-कुनै केटीहरूमा योनिच्छद जन्मजात नै नहुन पनि सक्छ वा यसको राम्ररी विकास नै नभएको हुन सक्छ । प्रथम यौनसर्म्पर्क हुनुभन्दा पहिले नै कतिपय केटीहरूमा शारीरिक क्रियाकलापको दौरानमा योनिच्छद च्यातिन सक्छ । भनिन्छ, कतिपय खेलकुद गर्दा, घोडचढी गर्दा, साइकल चढ्दा वा अन्य व्यायामको कारणले पनि योनिच्छद च्यातिन सक्छ । त्यसैगरी महिनावारीको रगत सोस्न प्याडको सट्टामा प्रयोग गरिने टेम्पोन ९त्amउयल० पनि योनिच्छद च्यातिने कारण हुन सक्छ । त्यस्तै केटीहरूले हस्तमैथुन गर्ने क्रममा आफ्नो योनिच्छदलाई च्यात्न सक्छन् । त्यसैले कुनै केटी पर्ूण्ारुपमा कुमारी भए पनि अर्थात् यौनसर्म्पर्क नै नगरेको भए पनि पहिलो यौनसर्म्पर्कको बेलामा पटक्कै रगत नआउन वा कुनै पीडा नहुन सक्छ । पहिलो यौनसर्म्पर्क हु“दा योनिच्छद च्यातिएर केही मात्रामा रगत आउन सक्छ । तर सबै युवतीमा यस्तै हुनर्ुपर्छ भन्ने छैन । योनिच्छद जन्मजात नै नहु“दा वा अन्य कारणले योनिच्छद पहिले नै च्यातिइसकेको भए पहिलो यौनसर्म्पर्कमा रगत आउनै पर्छ भन्ने कुरा भएन । तर वयष्क व्यक्तिले साना उमेरका कलिला किशोरीहरूस“ग विवाह गर्ने र बलपर्ूवक यौनसर्म्पर्क राख्ने गर्दा योनिच्छद च्यातिनुको अतिरिक्त योनि वा यौनअंगमा चोटपटक लागेर पनि रगत आउन सक्छ । योनिच्छद च्यातिएर आउने रगतको मात्रा थोरै हुने र दुखाइ पनि हल्का किसिमको हुन्छ । त्यसैले पीडाको कुरा गर्दा यौनसर्म्पर्कस“गको सुख पाउने क्रममा यस पीडालाई महिलाहरूले सजिलै बिर्सन सक्छन्, यो धेरै चासोको विषय पनि बन्दैन । विरलै हुने भए पनि योनिक्षेत्रको चोटपटक र त्यसको उपचारको क्रममा योनिच्छदमा चोट पुग्न सक्छ तर यस्तो स्थितिलाई पनि कौमार्य भ· भएको मान्नु मनासिव हु“दैन । यसको अर्को पक्ष पनि हर्ेर्नुपर्ने हुन्छ । कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने हुन्छ । यस्तो स्थितिमा यौनसर्म्पर्क राखिसकेपछि पनि सो पातलो झिल्ली नच्यातिएको अवस्थामा हुन सक्छ । यस्तो स्थितिमा कौमार्य भ· भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ । पहिले-पहिले कुनै केटीले यौनसर्म्पर्क राखे वा नराखेको थाहा पाउन योनिच्छद छ वा छैन भन्ने कुरालाई आधार बनाइए पनि यौनसर्म्पर्क राखेको कारणले कौमार्य भ· हुन्छ न कि योनिच्छद भएको वा नभएको आधारमा भन्ने कुरा बुझनु जरुरी छ । यौनसर्म्पर्क राख्नासाथ सो व्यक्ति कुमार वा कुमारी हु“दैन अर्थात् उनीहरूको कौमार्य भ· भइसकेको हुन्छ । योनिच्छद महत्त्वपर्ूण्ा होइन सामाजिक रुपमा महिला यौनिकताको एक अति नै महत्त्वपर्ूण्ा अ· ठानिए पनि मानवशरीरको जैविक कार्य प्रणालीमा यसको खासै महत्त्व देखिन्न । कौमार्य वा अक्षत योनिको निश्चित मापनको आधार बनाइएका कतिपय कुरा पनि अहिले आधारहीन भएकोे स्थिति छ । कतिलाई यो विचार केही असहज लाग्न सक्छ । कतिपय महिलामा प्रथम यौनसर्म्पर्कको बेलामा यो च्यातिएका प्रमाण भेट्न सकिएला तर त्यस्ता प्रमाण नभेटिएकै आधारमा ँअन्य अर्थ’ भने लगाउन मिल्दैन । कतिपय योनिच्छद अति नै लचिलो र तन्कन सक्ने हु“दा यो पनि यौनसर्म्पर्क नगरेको प्रमाणका रुपमा लिन नसकिने भयो । पहिले-पहिले योनिमा ँकेही’ हुने र त्यसलाई तोडिनुपर्ने मान्यता रहेको पाइन्छ । तर कुनै व्यक्तिको सामान्य यौन तथा प्रजनन जीवनको लागि त्यसलाई विशेषरुपमा तोडिनुपर्ने कुनै आवश्यता भएको पाइन्न । प्वाल नै नभएको विरलै परिस्थितिमा चिकित्सकले प्वाल पारिदिनुपर्ने कुराबाहेक, सामान्यतया जन्मदा नै यसमा प्वाल हुने गर्दछ । आधुनिक मानवशरीर संरचनाको अध्ययन सुरु भए पनि मानवशरीरमा योनिच्छद हुन्छ भनेर भरपर्दो रुपमा पहिलो पटक अरब चिकित्सक अब्न सिना -क्ष्दल क्ष्लब)ले दशौं शताब्दीतिर मात्रै पत्ता लगाएका हुन् । भनिन्छ, प्रथम यौनसर्म्पर्कमा च्यातिने भन्ने कुराको अवधारणा पनि त्यसै बेलादेखि सुरु भएको हुनर्ुपर्छ । आधुनिक चिकित्सा विज्ञानको साथसाथै अब योनिको यस पातलो झिल्लीलाई पुनः बनाउन सकिन्छ । कतिले यसलाई ँकौमार्य’को पुनर्स्थापना भएको ठान्छन् । तर यहा“ मुख्य कुरा त यौनसर्म्पर्क भयो वा भएन भन्ने हो । यौनसर्म्पर्क राखिसकेपछि यो झिल्ली बनाइए पनि कुमारीपन त बा“की रहेन । कुनै परिवारको महिला सदस्यको विवाहपर्ूव नै कौमार्य भ· हुनु शरीरमा योनिच्छद हुनु वा नहुनुमा मात्रै सीमित नभएर सम्पर्ूण्ा परिवारको प्रतिष्ठा, सम्मानस“ग गा“सिएको मानिन्छ । ग्रीक, रोमन समाजमा होस् वा हिन्दू, सबैमा विवाहपर्ूव कौमार्य भ· हुनुलाई एक किसिमले अपराधको रुपमा नै लिने गरिएको पाइन्छ । त्यसैअनुसार सजाय दिइने गरेको पनि पाइन्छ । कौमार्य भ· भएकै आधारमा एक असल पत्नीमा हुुनुपर्ने सबै गुण तथा सीप गुमाइने त होइन तर विवाहपर्ूव यौनसर्म्पर्क राखेको कुरा अरुलाई थाहा भएमा सामाजिक बहिष्कार, अपहेलनाजस्ता कतिपय कुरा हुन सक्छन् । जसको भावी वैवाहिक जीवन मात्र होइन सम्पर्ूण्ा जीवन नै असहज बन्न पुग्छ । योनिमा लि· प्रवेश भएकै भए पनि सबै स्थितिलाई कौमार्य भ· भएको मान्नु नहुने विचारहरू पनि आएका छन् । उदाहरणको लागि बलात्कारको स्थितिलाई लिन सकिन्छ । यस्तो स्थितिमा यौनसर्म्पर्कको लागि कहिल्यै पनि मानसिक रुपमा अनुमति नदिइने भएकाले उनीहरू ँआत्मिक रुप’मा नै कुमारी वा कुमार नै रहने कुरालाई जोड दिइन्छ र्।र् इश्वरको नजरमा पनि उनीहरू पवित्र नै हुने कुरामा कतिपय विश्वास गर्छन् । साथै व्यक्ति आफैंले पनि मानसिक रुपमा चोखो एवम् पवित्र कुमारी वा कुमार अवस्थामा रहेको ठान्नु महत्त्वपर्ूण्ा हुने कुरा यसका पक्षधरहरू ठान्छन् ।
केटाको कुमारत्व जोगिनु पर्दैन - महिलाहरूमा योनिच्छद च्यातिनेजस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेको वा नराखेको भन्न सकिने स्थिति भने छैन । पुरुषमा त यो झनै् अप्ठयारो हुन्छ । शारीरिक संरचनाको कारणले यौनअ· बाहिरै हुने भएकाले महिलाको तुलनामा केटाहरूले यौनअ· त्यसै पनि छुन्छन्। यो बानी उनीहरूलाई सानै उमेरमा पिसाब फेनुपर्दादेखि नै लागेको हुन्छ । पछि किशोरावस्थामा हस्तमैथुन गर्दा पनि लि·मा हातले र्घष्ाण पैदा गर्छन् । सामाजिक परिवेशमा हर्ेर्ने हो भने कौमार्य भ· हुने सर्न्दर्भमा लै·कि असमानताका अनेक कुराहरू स्पष्ट रुपमा देखिने गरिन्छ । यहा“ कुरा शारीरिक रुपमा कौमार्य भ· भएको वा नभएको कुरा परीक्षण गर्न गाह्रो हुनु मात्रैको होइन, महिलाको यौन तथा यौनिकतामाथिको नियन्त्रण गर्न खोज्नु नै पुरुष र महिलाबीचमा एकै समाजले यति धेरै फरक दृष्टिकोण राख्नुको मूल कारण हो । पुरुष र महिलालाई हेरिने दृष्टिकोण र गरिने व्यवहारमा धेरै फरक भेटिन्छ । केटीको कौमार्य वा अक्षत योनिको स्थिति, उसको पवित्रता वा उसले भावी पतिलाई दिनुपर्ने अनिवार्यता जस्ता कुरामा मात्र सीमित नभई परिवार तथा खानदानको सम्मान वा इज्जतस“ग पनि केटीको सम्बन्ध गहिरोस“ग गा“सिएको हुन्छ । जव कि पुरुष सदस्यलाई कुमार नै बस्नुपर्ने दबाब छैन । पुरुष सदस्य कुमार नभएमा पनि अर्थात् यौनसर्म्पर्क राखे पनि परिवारको सम्मानमा अलिकति पनि आ“च आएको मानिन्न । विवाहपर्ूव ब्रह्मचर्यमा बस्नु र अक्षत योनि भएकी कन्यालाई श्रीमतीको रुपमा अपेक्षा गर्नुमा कुनै अस्वाभाविकता छैन । तर विचार गर्नुपर्ने कुरा के भने कुमारत्व वा कुमारित्व बाहिर सजिलै देखाउन वा प्रमाणित गर्न सकिने विषय होइन । समाजमा प्रचलित कतिपय धारणा वा विचारहरू जसमा हाम्रो विश्वास भए पनि वास्तवमा वैज्ञानिक आधार नभएको हुन सक्छ । त्यसैले अनेक प्रश्नहरू मनमा उब्जन सक्छन् तर अवैज्ञानिक र अन्धविश्वासी कुराका पछि लागेर अहिलेको जीवन नष्ट पार्नतिर लाग्नु पक्कै बुद्धिमानी होइन । अनावश्यक रुपमा शंकाको बीउ रोपेर वैवाहिक जीवनको सुरुआत गर्दा पक्कै यो असफल हुने निश्चित छ । भनिरहनु आवश्यक छैन कि वैवाहिक सम्बन्ध विश्वासको आधारमा फल्ने, फुल्ने सम्बन्ध हो । त्यसैले वैज्ञानिक कुरालाई आधार बनाउनु बुद्धिमानी हुन्छ । लै·कि असमानतास“गस“गै हर्ुर्केको मानसिकतामा महिलाबाट अनुचित अपेक्षा गरेर विनाकारण पवित्र सम्बन्ध बिगारिनु हुन्न । एकपल्ट सोचौं त- कुनै पनि पुरुषलाई नव विवाहिता पत्नीले प्रथम रात्रिमै ँकुमारत्व’ को प्रमाण दिन भनी भने के सजिलै दिन सकिएला

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger