Widgets

Home » » निरास यौनजीवनलाई कसरी बनाउने रोमान्चक ......

निरास यौनजीवनलाई कसरी बनाउने रोमान्चक ......

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


के तपाइको यौनजीवन विवाहको शुरुको दिनजस्तो रोमान्टिक छ ? यदि छैन भने आफ्नो निरास यौन जीवनलाई रोमाञ्चक बनाउने सजिलो र असरदार उपाय छन् ।  फोरप्ले बढाउने एक अर्काको नजिक आउने सबैभन्दा राम्रो उपाय फोरप्ले हो । त्यसैले यौनक्रिया गर्न पहिले पार्टनरसँग मायाले भरिएका सेक्सी कुरा गर्नुपर्छ । एकअर्काको साथ कुनै रोमान्टिक गेम खेल्नुपर्छ । कामेच्छा जागृत गर्न फोरप्लेको महत्वपूर्ण भूमिका रहन्छ । यौनक्रियाको असली आनन्द लिन धेरै समयसम्म फोरप्लेको मज्जा लिनुपर्छ । यौनक्रियालाई वेडरुममा मात्र सिमित नराख्ने यदि तपाइ रुटिन यौन जीवनबाट निरास हुनुहुन्छ भने बेडरुमको अलावा वाथरुम, स्विमिङ पुल, डायनिङ टेवल, कारको पछाडीको सिट आदि ठाउँमा यौनक्रियाको मजा लिन सक्नुहुन्छ । यसले कामोत्तेजना बढाउन मद्दत गर्छ । महिलाले पनि पहल गर्ने धेरै महिला लाजले पार्टनरको सामु आफ्नो यौनइच्छा व्यक्त गर्न सक्दैनन् । तर पुरुष सजिलै आफ्नो भावना व्यक्त गर्दछन् । यदि तपाइ आफ्नो यौन जीवनलाई “हट एन्ड ह्यापिनिङ” बनाउन चाहनुहुन्छ भने कहिलेकाँही आफैँ पहल गरेर पार्टनरलाई सरप्राइज दिने गर्नुपर्छ । यसो गर्नाले पति खुशी हुने मात्र नभई उसको यौन उत्तेजना बढ्दछ । यसका लागि तपाइको सेक्सी सरप्राइज महत्वपूर्ण मानिन्छ । कामोत्तेजना बढाउने कामोत्तेजना बढाउन बजारमा पाइने एरोमामा क्यान्डल्स, फ्लेबर्ड चकलेट आदिको प्रयोग गर्न सकिन्छ । यसका साथै वास्नादार तेलले एक अर्कालाई मसाज गर्ने र सेक्सी कपडा लगाउन सकिन्छ । यसले यौन इच्छा बढाउन मद्दत गर्छ । सेक्सी कुरा गर्ने धेरै मानिस यो कुरामा ध्यान दिदेैनन् । तर सेक्सी कुराले पार्टनरमा गहिरो असर पार्छ । यदि तपाइ बिहान पति उठ्नुभन्दा पहिला कार्यालय जानुहुन्छ भने बेडको छेउमा आफ्नो बेलुकाको प्लानिङ नोट बनाएर राखिदिने गर्नुपर्छ । बेलुका कति बजे आउने पनि लेखिदिने । जब जीवनसाथी साथमा भएको बेला यताउताको कुरा गर्नुभन्दा रोमान्टिक र सेक्सी कुरा गर्ने । नयाँपन जरुरी सेक्सुअल लाइफलाई आनन्दमय बनाउन नयाँपन जरुरी हुन्छ । जस्तो—सेक्सी ड्रेस लगाउने, सँगै बसेर कुनै सेक्सी सिनेमा हेर्ने आदि । यसो गर्नाले सेक्स लाइफमा नयाँपन आउँछ । समयको व्यवस्थापन दिनभरी कामको थकानपछि कहिलेकाँही रातमा यौनइच्छा नहुनु स्वभाविक हो । यस्तो परिस्थितिमा रुटिन थोरै बदल्नुपर्दछ । माया देखाउने कुनै निश्चित समय हुँदैेन । त्यसैले मुड र हालत अनुसार समय निकालेर यौन जीवनको फाइदा उठाउनुहोस् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger