भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एयरपोर्ट सुन काण्डमा जेल सजाय भोगी रहेका काङग्रेस नेता खुमबहादुर खड्कालाई नायिका रेखा थापाले भेटेकी छिन् । खड्कासँग डिल्लीबजारस्थि कारागारमा रेखाले आधा घण्टा जसो कुराकानी गरिन् । ९ बजे कारागारमा पुगेकी रेखाले खड्कासँग वर्तमान देशको राजनितिक अवस्थाको विषयमा कुराकानी गरेकी थिइन् । साथमा रेखाले नयाँ वर्षमा स्थापना गर्न लागेको गैर सरकारी संस्थाको विषयबारे पनि खड्कालाई जानकारी गराइन् । रेखा प्रमुख हुने उक्त संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्नेछ । असोज सम्ममा जेल मुक्त हुने बताइएका नेता खड्काले भने कमिङ प्राइडे रिलिज रेखाको सिनेमा 'हमेशा' बारे चासो राखेका थिए । रेखाको हक्की स्वभावको फ्यान रहेको बताउँदै उनले भने, 'टेलिभिजनमा 'हमेशा' को प्रचार आउछ नि हैन ? जेल जिवनको अनुभव डायरीमा उतारीरहेका खड्काले यसअघि रेखाको केही सिनेमा हेरे पनि नाम भने सम्झन सकेनन् । भ्रष्टचारको अभियोगमा जेल सजाय भोगिरहेका काङ्ग्रेस नेतालाई रेखाले भेट्नुको विश्लेषण फरक हुन सक्ला । तर यसअघि एमाओवादी नेताद्धय प्रचण्ड र बाबुराम भट्टराईसँग निकट मानिएकी रेखाले जेलमै गएर काङ्ग्रेस नेतालाई किन भेटिन् ? सोचनिय विषय बनेका छ ।नेता खुम बहादुर खड्कालाई भेटे पश्चात् रेखाले डिल्लीबजार कारागारमा रहेका ५ सय भन्दा बढी कैदीहरुलाई भेट गरिन् । गर्ल फ्रेन्डलाई रेप गरेको अभियोगमा पुर्पक्षका लागी ६ महिना देखी त्यहाँ रहंदै आएका अमिन नाम गरेका कैदीले रेखालाई देख्नासाथ भने, 'रेखा थापा पनि जेलमा ?' रेखाको फ्यान बताउने उनले रेखा त्यहाँ पुग्लिन भन्ने कल्पनै गरेका रहेनछन् ।
त्यस्तै अर्का दिपक नाम गरेका कैदी पनि रेखालाई जेलमा देखेर तीन छक परे । नाच्नमा सौखिन उनले भने, 'अर्को पटक आउँदा चाहि मेरो डान्स हेरेर जानुहोला है ।' आफुप्रती जेलरहरुले देखाएको माया फिर्ता गर्न रेखाले पनि 'हमेशा' लाई जेलमै देखाउने बताइन् । जेलर प्रमुखले पनि 'हमेशा' देखाउन आफुले व्यवस्था मिलाउने रेखालाई वचन दिए । पुरै जेल घुमेपछि अचम्ममा परेकी रेखाले बाहिर निस्कने बेलामा जेल जीवन बिताइ रहेकाहरुलाई हात हल्लाउदै भनिन, 'हमेशा, हमेशा हजुरकै हुन्छु म ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.