Widgets

Home » » भुवनसँग फिल्म खेल्न सुष्मिताको सर्त

भुवनसँग फिल्म खेल्न सुष्मिताको सर्त

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

भुवन केसी र सुष्मिता केसीबीचको सम्बन्ध सकिएकै रहेछ भन्ने कुरामा हुइयाँ बल्ल पूर्णतया विश्वस्त भएको छ । सुनिल रावलको निर्माणाधीन फिल्म होस्टलमा सुष्मिता म्याडमले देखाएको हर्कतपछि हुइयाँ भुवनसँगको उनको सम्बन्ध वास्तवमै सकिएकोमा पक्का भएको हो । होस्टलका लागि त्यसको निर्माण समूहले सुष्मितालाई भुवनको पत्नीको भूमिकामा अफर गरेछ । होस्टलमा भुवनका साथ सुष्मितालाई पनि अफर गरिएपछि एकै छानामुनि बस्न छोडेका भुवन–सुष्मितालाई रियल लाइफमा सँगै नदेखिए पनि रिल लाइफमा देखिने भयो भनेर हुइयाँ दंग थियो । यो जोडीको छोरा अनमोल केसीले समेत हिरोमा चान्स पाएको फिल्ममा उनका बाबुआमालाई पनि साथै देखिने भएपछि हुइयाँ खुसी हुनु स्वाभाविक पनि थियो । सुष्मिता पनि शुरूमा भुवनसँग खेल्न तयार भइन् । तर ससर्त । सर्त थियो भुवन र आफ्नो सिन छुट्टाछुट्टै खिच्नुपर्ने । निर्माण संस्था लगभग लगभग यो सर्त मान्न तयार भयो । त्यसपछि सुष्मिताले सवाल खडा गरिन्– ‘लास्टमा हाम्रो क्यारेक्टर मिल्छ कि मिल्दैन ?’ जब, जवाफ ‘मिल्दैन’ भन्नेमा आयो, सुष्मिता भड्किएको देखेर हुइयाँको समेत सातो गयो । सुष्मिता तर्किइन्– ‘हामी बाहिर मिल्न सक्दैनौं भने फिल्ममा चाहिँ किन मिल्ने ? कि त हाम्रो क्यारेक्टर लास्टमा पनि नमिल्ने बनाउनु पर्यो, नभए म फिल्म खेल्दिनँ ।’ निर्माण समूह सुष्मिताका लागि कथा नै परिवर्तन गर्न तयार भएन । भुवन–सुष्मितालाई फिल्ममै भए पनि सँगै हेर्ने हुइयाँको सपना भताभुंग भयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger