Widgets

Home » » राजतन्त्र स्वीकार्न सकिन्न: राणा

राजतन्त्र स्वीकार्न सकिन्न: राणा

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Pasupati

काठमाडौ, चैत्र २० - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले राजतन्त्रलाई मानेर कमल थापाको राप्रपा नेपालसओग पार्टी एकता हुन नसक्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लवमा उनले आफूहरुले गणतन्त्र स्वीकार गरिसकेको उल्लेख गर्दै गणतन्त्रलाई छाडेर कुनै पनि सहमति हुन नसक्ने बताए । उनले भने 'हामिले गणतन्त्र स्वीकारी सकेका छौं, अब त्यसमा तलमाथि हुँदैन । हामि अब राजतन्त्रमा फर्किंदैनौं ।' अध्यक्ष राणाले राप्रपा नेपालसँग पार्टी एकीकरणको लागि प्रयास जारी रहेपनि गणतन्त्र र राजतन्त्रको कुरामै विवाद कायम रहेको बताए । उनले भने, 'कमल थापाजीले गणतन्त्र स्वीकारे एकता हुन सक्छ । तर हामि गणतन्त्र छाडेर जाँदैनौ ।' धर्म निरपेक्षताको विषयमा राप्रपा नेपालसँग आफूहरुको धारणा समान रहेको स्पष्ट पार्दै ८२ प्रतिशत हिन्दु धर्मावलम्बी भएको मुलुकका जनतालाई सो विषय आफ्नो मत राख्नको लागि जनमत संग्रह गर्नु पर्ने बताए । असारमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै राणाले अहिलेकै गतिमा काम भए मंसिरमा समेत निर्वाचन हुनेमा आशंका ब्यक्त गरे । उनले भने, 'नेकपा माओवादीले अवरोध गरिरहेको छ । ढिला चुनाव भए भोली मधेसबाट जनसंख्या अनुसारको क्षेत्र निर्धारण गर्नुपर्ने माग उठ्ने सम्भावना छ । त्यसो भए मंसिरमा पनि निर्वाचन हुन नसक्ने खतरा रहन्छ ।' आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाउने तयारी भईरहेको खुलासा गर्दै अध्यक्ष राणाले यस विषयमा काग्रेस र एमालेसँग छलफल समेत सुरु भईसकेको जानकारी दिए । उनले कम्तिमा पनि विगतमा आन्दोलनको बेला गठन भएको ९ दलको गठबन्धनलाई निरन्तरता दिने योजनामा आफूहरु रहेको उनको भनाई थियो । उनले भने, 'एकीकृत नेकपा माओवादीसँग सहकार्य हुन सक्दैन ।' शक्तिपृथकीकरणलाई तोडमरोड गरेर बनाईएको सरकार निरकुंशता तिर जाने खतरा रहेको उनले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger