Widgets

Home » » पाल्पामा ५सय २३ अवैध बन्दुक संकलन

पाल्पामा ५सय २३ अवैध बन्दुक संकलन

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

पाल्पा, चैत्र २१ - अवैध घरेलु हातहतियार संकलन गर्न जिल्ला प्रहरी कार्यालयले चलाएको घरदैलो अभियानबाट ५ सय २३ अवैध घरेलु भरुवा बन्दुक संकलन भएको छ । ३५ दिने अभियानमा जिल्ला प्रहरीले आफ्ना मातहतका इलाका, प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट अन्तर्गतका गाउँ विकास समितिबाट यस्ता हतियार संकलन भएका हुन् । प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले अहिलेसम्म ५ सय २३ घरेलु अवैध हातहतियार संकलन भइसकेको बताए । जसमध्ये ३ सय ६३ पूर्णरुपमा अवैध र बांकी हातहतियार लाइसेन्सवाला हुन् । जसमध्ये २७ थान टुटेफुटेको समेत संकलन भएको छ । जिल्लाका मित्यालको रुक्सेभन्ज्याङ्, खालीवनको जव्गादी, रामपुर, ताँहु बल्ढेङ्गढीलगायतका स्थानमा बढी हातहतियार संकलन भएका छन् । जिल्लामा सबैभन्दा बढी अस्थायी प्रहरी चौकी खालिबन जब्गादी अन्तर्गतका स्थानीयले १ सय ६ थान भरुवा बन्दुक बुझाएका छन् । अर्गलीतर्फबाट गि्रनेड र सकेट फेला परेको छ । हतियार मुक्त जिल्ला घोषणालाई सघाउन आˆनो घरमा पुराना भरुवा बन्दुक, हातहतियार तथा पटकाजन्य बस्तु भएमा प्रहरीमा बुझाउन प्रहरीले आग्रह गरेको हो । हातहतियार नबुझाएका, लुकाई छिपाई राख्ने प्रयास गरेको पाइएमा सम्बन्धितलाई हातहतियार खरखजना ऐन २०६४ को दफा २० बमोजिम कारबाही हुने जानकारी पाएपछि सबैले बुझाउन ल्याएका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger