Widgets

Home » » कोमामा पनि दिमाग सक्रिय रहन सक्छ

कोमामा पनि दिमाग सक्रिय रहन सक्छ

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

कोमामा राखिएको बिरामीमा सोच्ने, सम्झने र सुन्ने क्षमता हुँदैन भन्ने धारणा प्रायः धेरैको हुन्छ । तर वैज्ञानिकद्वारा गरिएको शोधले यो धारणालाई गलत साबित गरेको छ । वैज्ञानिकले कोमामा राखिएको व्यक्तिले सोच्न, सम्झन र सुन्न सक्छ भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको बताएका छन् । ब्रिटेन र बेल्जियमका वैज्ञानिकद्वारा गरिएको अनुसन्धानअनुसार कुनै दुर्घटनामा परी मस्तिष्कमा चोट पुगेको व्यक्तिलाई कोमामा राखेपछि पनि उसमा संवेदना भएको एवम् ऊ सम्झने र सुन्ने स्थितिमा रहेको पाइएको थियो । वैज्ञानिकले कोमामा राखिएको २९ वर्षको व्यक्तिमा अनुसन्धान गरेका थिए । उसको कार दुर्घटनामा परी मस्तिष्क क्षतिग्रस्त भएको थियो । उसलाई कोमामा राखेर उच्च प्रविधियुक्त ल्यास एफएमआरआई स्क्यानको माध्यमबाट सो व्यक्तिको दिमागी गतिविधि अध्ययन गरिएको थियो । त्यस व्यक्तिले कुनै प्रकारको बाहिरी गतिविधि नदेखाए पनि उसको दिमागी हलचल भने जारी रहेको पाइएको थियो । क्याम्ब्रिज युनिभर्सिटीका डाक्टर एड्रियन आनले भने– ‘स्क्यानरबाट मिलेको सड्ढेतबाट आसपास रहेका व्यक्तिले बोलेका कुराको हो वा होइन भन्ने जवाफ उनको दिमागमा रहेको पाइयो ।’ उनको दिमागमा संमवेदना पैदा भएको देखेर त्यस बेला त्यहाँ उपस्थित सबै डाक्टर आश्चर्यचकित भएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger