Widgets

Home » » परराष्ट्रमा सहसचिवलाई न कोठा न जिम्मेवारी

परराष्ट्रमा सहसचिवलाई न कोठा न जिम्मेवारी

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२५ चैत, काठमाण्डौं । परराष्ट्र मन्त्रालयमा सहसचिव थपिएपछि कार्यकक्ष अभाव भएको छ । एक महिनाअघि एकैचोटि नौजना थपिएपछि परराष्ट्रमा सहसचिवको संख्या अहिले १३ पुगेको छ । तर, पछिल्लो साय थपिएकामध्ये चारजना सहसचिवलाई बस्ने कोठा मात्र होइन जिम्मेवारी पनि छैन् ।
pararastraइजरायलस्थित नेपाली दूतावासको मिसन उपप्रमुख रहेका रमेशप्रसाद खनाल सहसचिव भएपछि जिम्मेवारी सम्हाल्न काठमाण्डौं आए, तर मन्त्रालयमा उनका लागि न कोठा छ न काम । त्यसैले उनी आजभोली हाजिर गर्छन, यताउती डुल्छन् र घर र्फकन्छन् । सामन्यतया एक सहसचिवका लागि पिए बस्नेसहित दुईवटा कोठा चाहिन्छ ।
परराष्ट्र मन्त्रालय स्रातका अनुसार पहिले रहेका चार सहसचिवको अन्यत्र पोस्टिङ नभई सहसचिव थपिँदा जिम्मेबारी समस्या सल्टाउन परराष्ट्रले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । त्यहाँबाट अनुमोदन भएपछि जिम्मेवारी तोकिए पनि बस्ने कोठाका लागि भने फेरि पनि समस्या पर्नेछ ।
उपसचिवबाट फाइद बढुवा, भएर ६ जना र परीक्षा दिएर तीन जना सहसचिवमा बढुवा भएका हुन् । त्यसमा एकजना खुलातर्फबाट नाम निकाल्ने रहेको नयाँ पत्रिकामा खबर छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखाका लागि बनाइएको भवनमा हाल परराष्ट्र मन्त्रालय रहेको छ । एउटा मन्त्रालयको महाशाखाका लागि बनाइएको भवनमा सिंगो मन्त्रालय राख्नुपर्दा दुःख भएको परराष्ट्रका प्रवक्ताले बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger