भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
योनीमा लगाउने जेल एचआईभीको संक्रमण रोक्न प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । शोधकर्ताहले उक्त जेलको बाँदरमा सफल परीक्षण गरेपछि यस्तो निश्कर्ष निकालेका हुन् । उनीहरुले पत्ता लगाएको जेलले एचआईभीको संक्रमणलाई योनी भित्र छिर्न नदिने शोधकर्ताहरुको भनाई छ । अनुसन्धानको क्रममा ६ वटा बादरको यौनीमा जेल लगाएर एक घण्टापछि उनीहरुको योनीबाट एचआईभी भाइरस पठाइएको थियो । तर अचम्म, ती मध्ये ५ बादरमा एउटै पनि संक्रमण भेटिएन् । उक्त जेल बनाउन प्रयोग गरिएको रसायनले एचआईभी भाइरस छिर्ने मानव सेलबाटै त्यसलाई रोक्ने अनुसन्धानकर्ताहरुको भनाई छ । फ्रान्स रिसर्च एजेन्सीको सहयोगमा उक्त अनुसन्धान गरिएको हो । यो खोज एचआईभीको उपचार र औषधी बनाउन तल्लिन बैज्ञानिकहरुको लागि पनि खुशीको खबर बनेको छ । बादरमा गरिएको यो सफल प्रयोगले यौन सम्पर्क गर्दा एचआईभी नसर्ने उपाय पत्ता लगाउने एउटा हतियार सावित हुनसक्छ ।
Home »
यौन/स्वास्थ्य
» अब जेलले सहयोग गर्छ एचआईभी रोक्न
अब जेलले सहयोग गर्छ एचआईभी रोक्न
Written By sangalo on Saturday, April 6, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
यौन/स्वास्थ्य
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.