Widgets

Home » » अजय देवगनले 'गोल्डन केला अवार्ड' पाए

अजय देवगनले 'गोल्डन केला अवार्ड' पाए

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Ajay

यो हप्ता अजय देवगनले 'गोल्डन केला अवार्ड' पाएछन् । वर्षभरिका सबभन्दा रद्दी फिल्म र कलाकारलाई दिइने यो अवार्डबाट पहिलोपटक अजय 'सम्मानित' भएका हुन् । केही वर्ष पहिलेसम्म यस्तो थिएन । बक्स अफिसमा 'ए' ग्रेडको बिकाउ स्टार नभए पनि अजय अवार्डको मञ्चमा अरूभन्दा अग्ला देखिन्थे । फिल्मफेयरजस्ता कमर्सियल अवार्ड मात्र होइन, नेसनल अवार्ड, स्क्रिन अवार्ड र बंगाल क्रिटिक एसोसिएसनका अवार्डमा पनि उनको वचस्र्व रहन्थ्यो । गोविन्द निहालानी, मणि रत्नम, राजकुमार सन्तोषी, प्रकाश झा, ऋतुपर्णो घोषजस्ता निर्देशकका फिल्मका हिरो अजय अचेल भने साजिद खान र रोहित सेट्टीका हिरो भएका छन् । अभिनयमा विविधता भएका तिनै अजयले अहिले गोल्डेन केला पाउँदा एउटा पुरानै कुराको याद भयो । कला र पैसाको सम्बन्धको । जुन बेला अजय सबभन्दा राम्रा निर्देशकको फिल्म खेल्थे, बक्स अफिसमा उनको भाउ थिएन । तर, जब उनी केही बकबास फिल्महरूको मद्दतले सय करोड क्लबका स्थायी सदस्य भए, निजी जहाजै किन्न पुग्ने पैसा कमाए, उनको गणना झुर अभिनेतामा हुनथाल्यो । र, उनले गोल्डेन केला पाए । यो समाचारसँगै दिमागमा एउटा 'आइडिया' आयो । यस्तै 'सुनौलो केरा' अवार्ड हामीले पनि गर्ने हो कि ? यदि गर्ने हो भने त्यो फिल्मी अवार्ड हुनु हुँदैन । हाम्रो फिल्ममा राम्रो काम गर्नेले नै अवार्ड पाउन सकेका छैनन् भने नराम्राको कसलाई मतलब । बरु यो केराको झटारो राजनीति, उद्योग व्यापार र समाजका अरू क्षेत्रतिर पो हान्ने हो कि ? जसले देशलाई यति 'सुनौलो' बनाउन योगदान गरेका छन् । आफ्नो सत्ता न्यायाधीशलाई सुम्पेर 'श्रीमान् श्रीमान्' भन्दै हिँडेका नेताहरूमध्ये 'बेस्ट नेता'को अवार्डका लागि मुख्य प्रतिस्पर्धी को को हुन्थे होलान् ? कि वैद्य बाले भनेजस्तो 'चार दलीय सिन्डिकेट'का साना ठूला सबै नेतालाई एकैपटक 'गोल्डेन केला' दिए बेस होला ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger