Widgets

Home » » साहरुख अजयलाई जीवन र रेखाले बिर्साउने

साहरुख अजयलाई जीवन र रेखाले बिर्साउने

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बलिउडमा सन् २०१२ मा सबैभन्दा ठूलो भिडन्त भएको थियो । साहरुख खान अभिनित ‘जब तक हे जान’ र अजय देवगन अभिनित ‘सन अफ सरदार’ बिचको भिडन्तले विश्व नै हल्लायो । विश्व बजारमा पुगेकाले पनि यि दुई सुपरस्टारहरुको सिनेमाले विश्वमा तहल्का मच्चाएको थियो ।  तर बलिउडको तुलानमा नेपाली सिनेमाको बजार निक्कै खुम्चिएको छ । तर पनि चैत्र ३० गते साहरुख अजयको भिडन्तलाई नायक जीवन लुइटेल र नायिका रेखा थापाले बिर्साउन सक्ने संकेत देखिएको छ । नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेका ‘नोटबुक’ र ‘हमेशा’ को भिडन्त चर्को हुने धेरैको विश्लेषण छ ।यो पटक नेपाली सिनेमाका चर्चित निर्माता छविराज ओझाको ‘हमेशा’ लाई अर्की चर्चित निर्मात्री प्रज्ञा जोशीले चर्को चुनौती दिने सम्भावना छ । चलचित्र ‘हमेशा’ मा रेखा थापा, सविन श्रेष्ठ, नरेन खड्का लगायतका कलाकारको अभिनय छ । यस्तै चलचित्र ‘नोटबुक’ मा जीवन लुइटेल, निता ढुंगाना लगायतका कलाकारको अभिनय छ । दुबै चलचित्र स्टारपावरका हिसाबले बराबरी देखिएका छन् । ‘नोटबुक’ योगेश घिमिरे अभिनित चलचित्र हो भने ‘हमेशा’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । दुबै निर्देशक सफल मानिएकाले पनि निर्देशकिय पाटोबाट ‘हमेशा’ र ‘नोटबुक’ उत्कृष्ट बनेको अड्कल काटिएको छ ।
गीतसंगीतका हिसाबले यो पटक बसन्त सापकोटाले संगीत भरेको ‘नोटबुक’ केही माथी देखिएको अड्कल धेरैले काटेका छन् । चलचित्रको ‘गाला रात्तै’ बोलको गीत चर्चामा छ । यसको तुलानमा रेखा पौडेलले संगीत भरेको चलचित्र ‘हमेशा’ का गीतसंगीत केही तल देखिएका छन् । नेपाली सिनेमा गीतसंगीतकै कारणले चलेको उदाहरण प्रशस्त छन् ।
यसैले अबको एक साता पछि हुन लागेको यो भिडन्तले सिंगै सिनेमा बजार तातेको छ । ‘नोटबुक’ र ‘हमेशा’ दुबैले व्यापार गरेको खण्डमा मुलधारका सिनेमा सधै चल्छन् भन्ने उदाहरण पेश हुने चलचित्र पण्डितहरु बताउछन् । अब हेर्न बाँकी यो मात्र छ कि, यो बर्ष रेखा थापा र जीवन लुइटेल मध्ये कसको स्टारपावर चल्ने छ ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger