भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
महिला अधिकारकर्मीहरुका लागि एउटा खुसीको खवर छ । अब बच्चा नजन्मियोस भनेर अनेक खाले गर्भ निरोधक औषधि खाने जिम्मा पुरुषको भाग पनि पर्न सक्ने देखिएको छ ।बैज्ञानिकहहरुले पुरुष गर्भनिरोधक औषधी निर्माण नजिक पुगेको बताएका छन जसको मुसामा सफल परिक्षण भइसकेको छ । हाल महिलाका लागि गर्भ निरोधक औषधि उपलब्ध भएपनि पुरुषका लागि छैन् । सेल नामक पत्रिकामा छापिएको अमेरिकी अध्ययनअनुसार उक्त औषधिले मुसाको यौन क्रियामा कुनै असर परेन भने प्रजनन क्षमता अस्थायी रुपमा रोकिएको छ । पुरुष गर्भनिरोधक औषधिको मानिसमा परिक्षण हुन भने बाँकी छ । बैज्ञानिकहरुका अनुसार अध्ययन निकै उत्साहवर्द्धक छ । पुरुषका लागि गर्भनिरोधक औषधि नभएका कारण पनि ठूलो संख्यामा अनियमित गर्भधारण हुन गरेको तथ्य पत्ता लागेपछि बैज्ञानिकहरु औषधी निर्माणमा जुटेका थिए । बैज्ञानिकहरुका अनुसार रगतको माध्यमबाट पुरुषको अण्डकोषमा जाने औषधि निर्माण गर्नु भने निकै चुनौतिपूर्णर् छ । डाना-फार्बर क्यान्सर डिन्स्टीच्युट एण्ड बाइलर कलेज अफ मेडिसिनमा अमेरिकी शोधकर्ता ‘जेक्यू १’ नामक औषधिको परीक्षण गरिरहेका छन् । यो औषधि प्रटोनको उक्त तत्वलाई मात्र नियन्त्रण गर्छ जुन अण्डकोषमा मात्र पाइन्छ र शुक्रकिट उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । औषधि परिक्षण गरिएको मुसाको अण्डकोष सुक्दै गयो र शुक्रकिट कम उत्पादन हुन थाल्यो भने केही प्रजनन क्षमता समेत गुम्यो । औषधी प्रयोग गर्नु अघि भने उक्त मुसाको प्रजनन क्षमता सामान्य थियो र बच्चा उत्पादन हुँदै आएको थियो । शोधकर्ताहरुले यसलाई पुरुषका लागि पनि गर्भनिरोधक औषधि निर्माण गर्न सकिने संकेतका रुपमा लिएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.