Widgets

Home » » रेग्मी सरकारले भारतसँग हतियार किन्ने

रेग्मी सरकारले भारतसँग हतियार किन्ने

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२५ चैत, काठमाण्डौं । सरकारले छिमेकी मुलुक भारतसँग भारी मात्रामा हतियार र विस्फोटक पदार्थ खरिदसम्बन्धी औपचारिक प्रस्ताव अघि सार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केही अनुदानसहित केही रकम तिरेर भारतसँग हतियार खरिदाका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।
gunमन्त्रिपरिषदले नेपाली सेनाका लागि भारतबाट हतियार ल्याउने औपचारिक प्रस्ताव गर्न परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोख्रेल नेतृत्वको टोलीलाई जिम्मेवारीसमेत दिएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधबप्रसाद पौडेलले सुरक्षासम्बन्धी वार्ताका लागि परराष्ट्र र सुरक्षासम्बद्ध मन्त्रालयका अधिकारीहरु भारत पठाउने निर्णय भएको जानकारी दिए ।
टोलीमा रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौला र नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी पवनबहादुर पाँडे सहभागी रहेको अन्नपूर्ण पोष्टमा खबर छ । भारतको बैंगलोरमा सोमबारदेखि हुने सुरक्षासम्बन्धी नेपाल भारत द्विपक्षीय परामर्श बैठकमा नेपालका तर्फबाट हतियार खरिदको प्रस्ताव राखिने छ ।
नेपालले एक करोड ११ लाख ३२ हजार तीनसय थान गोली गठ्ठा र २४ हजार एक सय ६६ थान हतियार तत्कालका लागि उपलब्ध गराउन प्रस्ताव गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger