Widgets

Home » » प्रभावकारी च्याटका केही टिप्सहरु

प्रभावकारी च्याटका केही टिप्सहरु

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अचेल अनलाइन च्याट मनोरञ्जन, दिपक्षिय सञ्चार तथा टाइम पासको गतिलो माध्यम बन्न पुगेको छ । चिने जानेकाहरुसँग कुराकानी गर्न देखि लिएर नयाँ साथी बनाउन तथा नयाँ नयाँ मानिसहरुसँग कुराकानीको मज्जा लिन च्याट निकै उपयोगी छ । विकीपेडियाका अनुसार अनलाइन च्याट ‘च्याट’ भन्ने शब्दबाट आएको हो जसको अर्थ हुन्छ ‘अनौपचारिक कुराकानी’ । तर अनलाइन च्याटिङ जतिसुकै अनौपचारिक भएता पनि ढंग पुर्‍याएर च्याट गर्न सकिएन भने च्याट सम्बन्ध दिगो राख्न सकिदैन । र च्याट गर्राई रमाइलो हुनुको साटो दोश्रो व्यक्तिलाई दिक्क लाग्ने र हैरानी खेपाउने खालको हुन्छ । च्याटरुममा अपरिचित व्यक्तिसँग कसरी च्याट गर्ने भन्ने बारे व्यक्ति पिच्छे आ-आफ्नै तरिका भएता पनि केही कुरामा विचार पुर्‍याउन सकिएमा अनलाइन च्याट रमाइलो हुन पुग्छ र राम्रो च्याट सम्बन्ध बस्न जान्छ । प्रस्तुत छ प्रभावकारी च्याट सम्बन्धका लागि केही टिप्सहरु । १. च्याट रुममा अपरिचित व्यक्तिसँग च्याट गर्दा सामान्य रुपमा ‘हाई’ बाट कुराकानीको सुरुवात गरिन्छ र ए एस एल -एज, सेक्स, लोकेशन सोधिन्छ । तर यसरि सोध्नु राम्रो होइन किनकि अधिकांश च्याटमेटहरु सुरुमै यो बताउन चाहदैनन् । बरु, के म तपैसँग टाइम भए च्याट गर्न सक्छु । के म तपैलाई जान्न सक्छु – आदि प्रश्न सोधेर ‘हाई’ पछिको कुराकानीलाई सुचारु गर्न सकिन्छ । २. च्याट गर्दा कहिल्यै सबै क्यापिटल लेटरमा र बुझन गाह्रो हुने फन्ट र रंग प्रयोग गर्न हुन्न । एलिसिया एन्डरसन भन्दछन्- “सबै क्यापिटल लेटर क्यापिटल लेटर प्रयोग गर्दा सुट गरिरहेको जस्तो देखिन्छ ।” यस्तै बुझन गाह्रो पर्ने फन्ट र आँखालाई गाह्रो पार्ने चम्किला र मन नपर्ने रंगहरुले च्याट गर्नेलाई गाह्रो पर्छ । ३. च्याट गर्दा सम्मानजनक सभ्य र शिष्ट भाषाको प्रयोग गर्नु पर्छ । जसले तपाईको व्यक्तित्वलाई झल्काउँछ र तपाइको च्याटमेटले तपाइको कुरा काट्न सक्दैन । ४. साथीको व्यक्तिगत मामिलामा बढी प्रश्न नगर्नोस उसले बताउन नचाहेको कुरामा बढी कर नगर्नोस अझ उसका बारेमा उसलाई सोध्नु भन्दा उसको प्रोफाइल हेरेर थाहा पाउनु राम्रो हुन्छ । अनि तपाइको त यस्तो रहेछ नी है भनेर उसलाई अचम्ममा पार्नु बढो रमाइलो हुन्छ । ५. उसको रुचीलाई ध्यान दिनोस् र उसलाई मन पर्ने कुरा गर्नोस । ६. आफु कतिसम्म व्यक्तिगत जानकारी यसलाई दिदैछु विचार गर्नोस । पहिलो च्याटमै स्थान, इमेल एड्रेस, फोन नम्बर आदि माग्नु उचित हुन्न यसले तपाईको नियत माथि शंका गर्न सक्छ र आफुले पनि यस्ता व्यक्तिगत विवरण नदिनु नै राम्रो हुन्छ । ७. च्याटमा ढाँट्नु भन्दा विनम्रतापूवक म यो कुरा गोप्य राख्न चाहन्छु वा भन्न चाहन्न भन्नु पर्छ । ८. च्याट रुममा भेटिएकालाई उसको अनुमति विना याड गरी हाल्नु हुन्न । ९. उसको नाम ठेगाना रुचि आदि व्यक्तिगत कुराहरु याद राख्नोस ताकि दोहोर्‍याएर सोध्नु नपरोस् । यस्ता कुराहरु दोहोर्‍याएर सोध्नु राम्रो हुन्न यसले तपाइले उसलाई ध्यान नदिएको र्ठहर्छ । १०. इमोशन तथा स्माइलीहरुले च्याटलाई रमाइलो र रोमान्टिक बनाउने भएता पनि अर्थ नबुझी यसको प्रयोग गर्दा गलत अर्थ लाग्न सक्छ । त्यसैले इमोशनल साइनहरुको अर्थ बुझेर मात्र प्रयोग गर्नु पर्छ । ११. च्याट गर्दा कतिपय सटकट कुराहरु प्रयोग गर्नु राम्रो हुन्छ जस्तैः- LOL : Laughing out load ROTFL : Rolling on the floor laughing BRB : Be Right back IMO : in my opinion

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger