Widgets

Home » » अफगानिस्ताले उपाधि जित्यो, नेपाल उपबिजेता

अफगानिस्ताले उपाधि जित्यो, नेपाल उपबिजेता

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाण्डौ । एसीसी ट्वान्टी-२० कप क्रिकेटको उपाधी लगातार चौथो पटक अफगानिस्तानले जितेको छ । नेपाललाई ७ विकेटले पराजित गर्दै अफगानले उपाधी रक्षा गरेको हो । अघिल्ला खेलहरुमा जस्तो व्याटिङ र बलिङ दुबै चल्न नसक्दा पहिलो पटक फायनल पुगेको नेपाल उपविजेतामा सिमित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३६ रनको विजयी लक्ष्य अफगानिस्तानले १३ बल बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा भेट्टयो । उसका लागि गुल्वादिन नाभीले अविजित ४३ रन बनाए । नेपालका कप्तान पारस खड्का र शक्ति गौचनले समान १-१ विकेट लिए । यसअघि त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक जोडे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger