Widgets

Home » » गुगलको नेक्सस 7 अब चाडै उपभोक्ता माझ ल्याउदै

गुगलको नेक्सस 7 अब चाडै उपभोक्ता माझ ल्याउदै

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


संसारकै सबभन्दा ठुलो सर्च ईञ्जिन गुगलले आफ्नो ट्याबलेट नेक्सस 7 लाई चाँडै उपभोक्ता सामु ल्याउने भएको छ । नेपाली उपभोक्ताले नेक्सस 7 लाई गुगल प्ले स्टोरमा गएर आफ्ना लागी बुक गर्न सक्नेछन । नेक्सस 7 लाई गुगलले २०१२ मा अमेरिकामा आयोजित एक समारोहका बिच सार्बजनिक गरेको थियो । गुगलले नेक्सस 7 ले एप्पलको मिनी आईप्याड र सामसुङको ग्यालेक्सी नोट ८.० लाई टक्कर दिने बताएको छ । गुगलका अनुसार अप्रिल देखि नेक्सस ७ ग्राहकको हातमा पर्नेछ । गुगलको नेक्सस 7 मा दिईएको सुबिधाहरुः डिस्प्लेः गुगलको यस ट्याबलेटमा 1280×800 पिक्जल रिज्युलेशन भएको ७ ईञ्चको एचडी डिस्प्ले दिईएको छ । नेक्सस 7 को स्क्रिनमा सेफ्टिको लागी गोरिल्ला ग्लास प्रयोग गरिएको छ । ट्याबलेटको तौल ३ सय ४० ग्राम छ । प्रोसेसरः नेक्सस 7 मा 1GB को र्यामका साथ एनबिडिया टेग्रा 3 क्वाड कोर प्रोसेसर दिईएको छ । यो ट्याबमा गेम खेल्दा निकै मजाको ग्राफिक सपोर्ट प्राप्त हुन्छ । अपरेटिङ सिस्टमः गुगलको नेक्सस 7 मा जेलीबीन अपरेटिङमा रन गर्छ । यसमा निकै सुबिधायुक्त कि–बोर्ड, भोईस सर्च, र निकै सहज तरिकाको फोटो शेयरिङ सिस्टम दिईएको छ । यसको अपरेटिङ सिस्टमलाई 4.2 जेलीबीनबाट पनि अपडेट गर्न मिल्छ । क्यामराः यसमा 1.2 मेगापिग्जलको फ्रन्ट क्यामरा दिईएको छ । यो ट्याबको सबै भन्दा निराशाजनक पक्ष यसमा कुनै रियर क्यामरा दिईएको छैन । जब कि सामसुङको ग्यालेक्सी नोट र एप्पलको मिनी आईप्याडको मुल्य केहि महङ्गो भएपनि यीनमा दमदार रियर क्यामरा दिईएको छ । ब्याट्रि क्षमताः गुगलको नेक्सस 7 मा ४३२५ mब्ज को ब्याट्रि क्षमता छ । कम्पनिका अनुसार यसको ब्याट्रिले ८ घण्टा सम्म धान्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger