भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रक्षा’ को युनिट अहिले देश दौडाहामा लागेको छ । चलचित्रको प्रचारका लागि निर्माणपक्ष पश्चिम नेपालको भ्रमणमा लागेको हो । निर्देशक राजु गिरी, निर्माता पबन बस्नेत, नव कलाकार सारिका घिमिरे, नायक सुशान्त कार्की अहिले दमौलीमा आफ्नो चलचित्रको प्रचार गर्नमा व्यस्त छन् ।चलचित्रले सुरुवातमा सन्तोषजनक व्यापार गरेको बताइएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा ३० लाखको कारोबार गरेको छ । राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल लगायतका कलाकारले समेत अभिनय गरेको यो चलचित्र राष्ट्रियताको बिषयमा तयार भएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.