Widgets

Home » » किन ? रेग्मीसँग राष्ट्रपति बेखुसी

किन ? रेग्मीसँग राष्ट्रपति बेखुसी

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

काठमाडौं, चैत १७ (नागरिक) - राष्ट्रपति रामवरण यादवले सरकारको काममा असन्तुष्टि जनाउँदै यथाशीघ्र संविधानसभा निर्वाचनको मिति घोषणा गर्न अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग आग्रह गरेका छन्। उनले मुख्य भनिएका चार दलबाहेकका साना दललाई समेटेर निर्वाचन सुनिश्चित गर्नसमेत सुझाव दिए। सरकार गठन भएको दुई साता बित्दा पनि सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गर्न नसकेपछि राष्ट्रपति यादवले मन्त्रिपरिषद अध्यक्ष रेग्मीलाई शुक्रबार साँझ छलफलका लागि आफ्नो निवास (शीतल निवास) मा बोलाएका थिए। एकघन्टे छलफलमा राष्ट्रपतिले असारको पहिलो साताभित्रै चुनाव सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए। छलफलको सुरुमै राष्ट्रपति यादवले राजनीतिक वृत्तमा भएको पछिल्लो प्रगतिबारे जिज्ञासा राखेका थिए। 'संविधानसभा निर्वाचन, निर्वाचनको माहोल बनाउन दलहरुसँग के कस्तो छलफल भइरहेको छ? ठूला चार दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक मधेसी मोर्चासँग चुनावका सन्दर्भमा के कुराकानी भएको छ? प्राविधिक कार्य के कति सम्पन्न भए? निर्वाचन मिति किन घोषणा हुन सकेको छैन?,' छलफलमा राष्ट्रपतिले राखेको जिज्ञासा उद्धृत गर्दै उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने। दाहालका शब्दमा छलफलका क्रममा राष्ट्रपति पछिल्लो राजनीतिक गतिविधिबारे 'अपडेट' हुन चाहेका थिए। निर्वाचनमा प्रमुख चार दलको गठबन्धनबाहिर रहेका अन्य साना दलको सहभागिता सुनिश्चित गर्न पनि राष्ट्रपतिले आग्रह गरेका थिए। 'खासगरी सबैलाई समेटेर संविधानसभा निर्वाचनलाई गति प्रदान (स्पिड अप) गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो,' दाहालले भने। दाहालका अनुसार छलफलमा राष्ट्रपतिले विशेष गरी तीन कुरामा जोड दिएका थिए। पहिलो, उनले निर्वाचनमा प्रमुख चार दलबाहेकका अन्य दलहरुको सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए। संविधानसभा निर्वाचन भएकाले सबै दलको सहभागिता अनिवार्य रहेको भनाइ उनको थियो। निर्वाचनमा सहभागिता नजनाउने घोषणा गरेका र असन्तुष्ट अन्य साना दललाई विश्वासमा लिएर मात्र निर्वाचनमा जानुपर्ने भनाइ राष्ट्रपतिको थियो। 'सरकारको काम असन्तुष्ट पक्षलाई विश्वासमा लिएर निर्वाचनको माहोल बनाउने हो। साना दल र अन्यबीच निर्वाचनका सम्बन्धमा रहेका अवरोध हटाएर विश्वासको वातावरण बनाई सरकारले उनीहरुलाई निर्वाचनमा सहभागी गराउनुपर्छ। राष्ट्रपतिले भेटमा अध्यक्षज्यूलाई यही स्मरण गराउनुभयो,' दाहालले भने। निर्वाचनका लागि विश्वासको वातावरण बनाउन राष्ट्रपतिले प्रमुख चार बाहेकका अन्य दलसँग तत्काल संवाद गर्नसमेत अध्यक्ष रेग्मीलाई आग्रह गरेका थिए। दोस्रो, राष्ट्रपति यादवले निर्वाचनको प्राविधिक (कानुनी) पाटो पनि सुनिश्चित गर्न आग्रह गरेका थिए। निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने धेरै प्राविधिक कार्यहरु अधुरै रहेको स्मरण गराउँदै उनले यस्ता कार्यलाई पूर्णता दिन तत्काल पहल गर्नसमेत भनेका थिए। निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, नागरिकता, संविधान सभा निर्वाचन र निर्वाचन आयोगसम्बन्धी कानुन संशोधन गर्न चार दलसँग के कस्तो छलफल भएको छ भन्नेबारे पनि उनले जिज्ञासा राखेका थिए। यी सबै कार्यले चुनावी माहोल बनाउने तर्क राष्ट्रपतिको थियो। तेस्रो, राजनीतिक र प्राविधिक पक्षलाई गति प्रदान गरी छिटो निर्वाचनको मिति घोषणा गर्न उनले आग्रह गरेका थिए। 'सबै कुरा छिटो गर्न जरुरी छ। छिटो निर्वाचनको मिति घोषणा गर्नुस्,' छलफलमा राष्ट्रपतिको भनाइ दाहालले उद्धृत गरे।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger