Widgets

Home » , » मलालाले लेख्दैछिन आत्मकथा

मलालाले लेख्दैछिन आत्मकथा

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

महिला शिक्षाको अभियान चलाउँदा तालिबानी आक्रमणको निशाना बनेकी पाकिस्तानी युवती मलाला यूसुफजईले आफ्नो अनुभवलाई समेटेर किताब लेख्ने भएकी छिन् ।
malalaयसका लागि उनले करिव ३ लाख अमेरिकी लडरको सम्झौतामा हस्ताक्षर गरेकी छिन् । महिला शिक्षाको अभियान चलाएको भन्दै तालिबानले मलालालाई कबायली इलाकाको स्वातमा आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई बेलायतमा सघन उपचार गरी ज्यान बचाइएको थियो ।
 किताबमा आफ्नो मात्र नभई स्कुल जान नपाएकी करोडौं युवतीहरुको कथा उतार्ने मलालाले बताएकी छिद्धन् । किताबको नाम आई एम मलाला अर्थात ‘म मलाला हूँ’ रहेको छ । किताव यसै वर्ष प्रकाशित हुनेछ । किताबको प्रकाशक वाइडेनफेल्ड एण्ड निकोलसनले किताबले उनीमाथि भएको आक्रमणबारे बताउने बताएको छ ।
मलालाले भनेकी छिन्– ‘मलाई विश्वास छ कि यो किताब विश्वभरका मानिसहरु समक्ष पुग्नेछ । उसले उनीहरुलाई थाहा हुनेछ कि केही बच्चालाई शिक्षा पाउन कति मुश्किल छ ।’ शिक्षाबाट बञ्चित ६ करोड बालबालिकाको कथा उतार्ने भन्दै उनले भनेकी छिन्–‘म हरेक युवा युवतीलाई स्कुल जाने अधिकार दिने अभियानको हिस्सा बन्न चाहन्छु ।’ मलाला पछिल्लो दिनमा बेलायतको बर्मिङ्घममा उपचारसँगै अध्ययनमा व्यस्त छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger