Widgets

Home » » संगीतको धुनले ९३ दिनदेखि अचेत बास्तोलालाई जगाउने प्रयास

संगीतको धुनले ९३ दिनदेखि अचेत बास्तोलालाई जगाउने प्रयास

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ चैत, काठमाण्डौं । नेपाली काँग्रेसका नेता चक्र बास्तोला मस्तिष्कघातका कारण ९३ दिनदेखि अचेत छन् । पछिल्लो समय उनलाई मधुरो संगीत सुनाएर जगाउने प्रयास भइरहेको छ । बास्तोलाको होस खुल्ने सम्भावनाबारे उपचारमा संलग्न चिकित्सकहरु नै केही भन्न सक्दैनन् । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा ९० दिनको उपचारपछि चिकित्सककै सल्लाह अनुसार उनलाई परिवारले शुक्रबार स्वदेश फर्काएका थिए । मेदान्त अस्पतालले जटिल उपचार भइसकेको र अब ‘नसिङ केयर’ मात्रै गरे पुग्ने बताएपछि परिवारले नेपाल फर्काएका हुन् । ६८ बर्षका बास्तोलालाई शुक्रबार दिल्लीबाट एयर एम्बुलेन्समा काठमाण्डौं ल्याईएको नयाँ पत्रिकामा खबर छ । बास्तोलाको शुक्रबार दिउँसो पौने एक बजेबाट थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आइसियू वार्डको ८०१ नम्बर बेडमा उपचार सुरु भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger