Widgets

Home » » महिलाले पुरुषलाई गर्ने केहि क्रुर व्यवहारहरु

महिलाले पुरुषलाई गर्ने केहि क्रुर व्यवहारहरु

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


फक्स न्युजले महिलाले पुरुषलाई दिने गरेको १० किसिमका मानसिक यातना संकलन गरेको छ। # आफ्नो पुरुषको परिक्षण गर्छन् ‘यदि तिमी मलाई साँच्चै माया गर्र्छौ भने साथीसंग बनाएको प्लान रद्द गरेर मलाई भेट्न आऊ’ यदि यस्तो कुरा तपाईंको महिलाले भन्छिन् भने सावधान रहनुस् उहाँले तपाईंलाइ परिक्षण गर्न खोज्दै हुनुहुन्छ। साथीसँग बनाएको प्लानको बारेमा थाहा हुँदाहुँदै पनि उहाँले त्यसो भन्नुहुन्छ र भेट्न जानु हुन्छ भने तपाईं गलत गर्दै हुनुहुन्छ। यस्ता परिक्षण सम्बन्धमा क्रुर हुन्छ। # तपाईंमा इष्या जगाउन अरुसंग प्रेमालाप रच्छन् यो अपरिपक्कताको संज्ञा हो जतिबेला तपाईंकी महिलाले तपाईंसँग झगडा परेको बेलामा इष्या जगाउन अरु केटासंग नजिकिन खोज्छिन् मात्र उनी तपाईंको त्यो छटपटी हेर्नमा सन्तुष्टि प्राप्त गर्न। महिलाको यस्ता व्यवहारले पुरुषलाई नराम्रोसंग आघात पारेको हुन्छ। # र्सार्वजनिक स्थलमा आफ्नो पुरुषको आलोचना गर्छन् क्रुर महिलाहरु आफ्नो पुरुषको र्सार्वजनिक स्थलमा आलोचना गर्छन् र जिस्काउन समेत पछि पर्दैनन्। # आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्दैनन् आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा नगर्ने भन्दा ठूलो कष्टप्रद के हुन सक्ला पुरुषहरुका लागि थुप्रै पुरुषसंग मस्किने र पहिलेको सम्बन्धको बारेमा नभन्ने महिलाहरु धेरै हुन्छन्। # भावनात्मक रुपमा पुरुषलाई आफ्नो वशमा गर्छन् पुरुषहरु महिलाको आँखामा एक थोपा आँसु पनि हेर्न सक्दैनन् जसको फाइदा कोही महिलाहरुले लिन्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् । महिलाहरुको एक दुइ थोपा आँसु रोक्नको लागि पुरुषहरु जे पनि गर्न तयार हुन्छन्। # पुरुषलाई ‘स्वतन्त्र ड्रिङक्स’का लागि प्रयोग गर्छन् कोही महिलाहरु आफ्नो एक पैसा पनि खर्च नगर्ने मनसाय लिएर ड्रिङक्सका लागि बार अथवा क्लब धाउने गर्छन् । यसकालागि कोही मुर्गाको खोजीमा हुन्छन् । यसको क्रममा कोहीसंग भेट हुन्छ, एकअर्कासंग चिनापरिचय हुन्छ, ड्रिङक्स गर्छन्, छोटो प्रेमालाप गर्छन् र त्यहाँबाट भाग्छन्। # शारिरिक हिंसामा संलग्न हुन्छन् यदि कुनै पुरुषले महिलालाइ हात हाल्छ भने त्यसलाई घृणास्पद मानिन्छ तर त्यहि व्यवहार महिलाले पुरुषलाई निर्धक्कसंग गर्न सक्छिन्, यो सोचेर कि पुरुषले त्यसको बदलामा उनलाई हात हाल्दैनन् । यस्तो सोच्ने महिलाले पुरुषलाई जस्तो पनि यातना दिनुहुन्छ भन्ने सोचेर जे पनि गर्छन्। # पुरुषलाई ‘प्लेसहोर्ल्र्डस’को रुपमा प्रयोग गर्छन् यदि उनी सभ्य छिन् भने, उनले त्यस्ता पार्टिमा भेटेको मानिससँग थप सर्म्पर्कमा रहन्नन् तर यदि निर्दयी छिन् भने त्यो पुरुषलाई अर्को कुनै नयाँ मुर्गा नभेटुञ्जेल साथमा राख्छिन् । यस्ता महिलाहरु न त एक्लै बस्न सक्छन् न त कुनै सम्बन्धमा न,त्यसैले अर्को पुरुष नभेटुञ्जेल उनीहरुले झुन्डाएर राख्छन्। # उनीहरुले सेक्सलाई रोकेर राख्छन् यस्तो व्यवहार उनीहरुले धेरै पटक गर्छन् । कुनै पुरुषको लागि सेक्स सास फेरेको जत्तिकै आवश्यक हुन्छ । यस्तो कुरा जानेर नै महिलाहरुले पुरुषलाई सजाएँ दिनका लागि रोक्ने गर्छन् जुन प्रभावशाली त हुन्छ तर भयंकर हुन्छ। # उनीहरुले फोन उठाउँदैनन् पुरुषहरु प्रायः राम्री महिलाको फोन नम्बर पाएँ भनेर मख्ख पर्ने गर्छन् तर, महिलाहरुले भने कि उनीहरुलाई गलत नम्बर दिन्छन् कि त फोन नै उठाउँदैनन्। नोट: माथिका सबै कुराहरु तपाईं वा तपाईं कि केटि साथी मा लागु नहुन सक्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger