Widgets

Home » , » पार्टीबाट बाहिरिएकालाई फर्काउन एमालेमा कार्यदल

पार्टीबाट बाहिरिएकालाई फर्काउन एमालेमा कार्यदल

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत १६- नेकपा एमालेबाट विभिन्न समयमा असन्तुष्ट भई पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई घर फर्काउन सो पार्टीले महासचिव ईश्वर पोख्रेलको संयोजकत्वको एक कार्यदललाई सक्रिय बनाएको छ। कार्यदलमा सचिवद्वय युवराज ज्ञवाली र शंकर पोख्रेल सदस्य छन्। एमालेका सचिव विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार हिजोको स्थायी समितिको बैठकमा कार्यदलको प्रगति विवरणबारे समीक्षा भएको उल्लेख छ। बैठकले विगतमा नेकपा (एमाले) परित्याग गरेका र अन्य पार्टीमा रहेका ईमान्दार व्यक्तिहरूलाई नेकपा (एमाले) मा समाहित हुन अपिल गरेको र महासचिव पोख्रेलको संयोजकत्वमा गठित कार्यदललाई पार्टी निर्णयको मर्मअनुरुप योजनाबद्ध एवं परिणाममुखी पहलकदमी लिन निर्देशन दिने निर्णय गरेको श्री पौडेलले जानकारी दिए। यस्तै राजीनामा दिएका पोलिटब्युरो सदस्य रामचन्द्र झासँग वार्ता गरी उहाँका गुनासा सुन्न पार्टीका अध्यक्ष झलनाथ खनाल र महासचिव पोख्रेललाई जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger