Widgets

Home » » होलीमा जबर्जस्ती गरे सिधैं प्रहरी थाना

होलीमा जबर्जस्ती गरे सिधैं प्रहरी थाना

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ चैत, काठमाडौं । आपसमा रंगअबीर र लोला खेली मंगलबार काठमाडौं उपत्यका सहित देशका पहाडी क्षेत्रमा धुमधामसित होली पर्व मनाईंदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली अर्थात फागु पर्वलाई विशेष उत्सवको रुपमा लिईन्छ । राजधानीका सडकमा बिहानैदेखि रंगअबीर खेल्ने युवायुवतीका जमघट र चहलपहल शुरु भैसकेको छ । होली पर्वमा रमाइलोका लागि भन्दै गाँजा, भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थको सेवन गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा जथाभावी लोला हिर्काउने जस्ता विकृति बढेको छ । यस्ता विकृतिमा तपाईं पनि सामेल हुँदै हुनुहुन्छ भने सचेत हुनुहोस्, सडकबाट सिधै प्रहरी थाना जानुहोला फेरि । होलीको अवसरमा ईच्छा बिपरीत कसैलाई पनि जर्वजस्ती रङ अबीर लगाईएको पाईएमा समातेर कार्वाही गर्ने प्रहरीले जनाएको छ । होलीको नाममा हुने उच्छृँखल गतिबिधि रोक्न उपत्यकाका बिभिन्न ठाउँमा बिहानैदेखि सादा पोशाकमा समेत प्रहरी खटाईएका छन् । अरुले नमान्दा नमान्दै लोला हान्ने, रंग दलेर रमाइलो गर्ने गतिबिधि गरेको देख्ने बित्तिकै प्रहरीले भ्यानमा हालेर लान्छ र सार्वजनिक मुद्दा समेत लगाउन सक्छ । दिउसै मापसे जाँच होलीमा जाँडरक्सी खाएर सवारी चलाउने क्रम अघिल्ला वर्षहरुमा बढेको देखेर प्रहरीले यसपाली कडा निगरानी राखेको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका बिभिन्न ठाउँमा बिहानैदेखि सवारी जाँच कडा पारिएको छ । अनुहारमा रंग पोतेर जाँडरक्सी खाई सवारी चलाएको भेटिएमा नियन्त्रणमा लिएर कार्वाही गर्ने प्रहरीको तयारी छ । यसरी प्रहरीले नियम कडा पारेपछि यसवर्ष अघिल्ला वर्षहरुको तुलनामा विकृति कम देखिएको छ । जथाभावी रंगले स्वास्थ्यमा असर होली मनाउने क्रममा लिड अर्थात सिसायुक्त रंग र पेन्ट्सले अनुहार रंग्याएर हिँड्ने चलन पनि बढ्न थालेको छ । यसले एकछिन रमाइलो त बनाउला । तर जिन्दगीभर स्वास्थ्य समस्या पनि झेल्नुपर्ने हुन्छ । त्यसैले जथाभावी रंग र पेन्ट्स प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन् । सिसायुक्त रंग र पेन्ट्सले छालामा एलर्जी हुने, छाला डढाउने, फोका आउने, छालाजन्य रोग लागेर दाग बस्ने र चाउरी पर्ने समस्या हुने भएकाले सावधानी अपनाउन चिकित्सकको सल्लाह छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger