Widgets

Home » » नयाँ प्रदीप नेपाल !

नयाँ प्रदीप नेपाल !

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली कांग्रेसका युवा नेता गगन थापाले सार्वजनिक रूपमा पार्टीसँग मागै गरे, "एमाओवादी अध्यक्ष प्रचण्ड जहाँबाट चुनाव लड्छन्, पार्टीले मलाई त्यहीँबाट उठ्न टिकट देओस्।" यस्तै माग पहिलेपहिले एमाले नेता प्रदीप नेपालले पनि गर्थे, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीका कारण चर्चित निर्वाचन क्षेत्र काठमाडौँ १ बाट आफूलाई उम्मेदवार बनाइयोस् भन्दै। प्रदीपका लागि आफ्नो गृहजिल्ला भोजपुरमा टिकट पाउने स्थिति थिएन। त्यहीँ एकसे एक नेता थिए। फेरि, भोजपुर जाने अल्छीले उनी कांग्रेस नेता भट्टराईसँग चुनाव लड्छु भन्दै काठमाडौँ १ माग गर्थे। अहिले गगन त्यति बेलाका प्रदीप नेपालको जस्तै अवस्थामा पुगेका देखिन्छन्। गगनले गृहजिल्ला सोलुबाट टिकट ताक्ने हो भने बलबहादुर केसीको तारो बन्नुपर्ने स्थिति छ भने काठमाडौँमा आफ्नो निश्चित निर्वाचन क्षेत्र छैन। कोइराला परिवारको 'नेगेटिभ लिस्ट'मा रहेकाले पार्टीले टिकट नै दिने हो कि होइन, त्यो पनि ठेगान छैन। त्यसैले प्रचण्डसँग चुनाव लड्छु भनेर टिकट 'कन्र्फम' गर्न खोजेका त होइनन् ? - सीताराम बराल

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger